मुकुल ढकालले मागे पार्टी सभापति लामिछानेको राजीनामा



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेको राजीनामा माग गरेका छन्। पार्टीको साधारण सदस्यबाट पनि तपाईंलाई निलम्बन किन नगर्ने भन्दै कार्यवाहक महामन्त्रीले मागेको स्पष्टीकरणको जवाफमा मुकुलले पार्टी सभापतिलाई सम्बोधन गर्दै राजीनामा मागगरेका हुन् । उनले स्पष्टीकरणको जवाफ दिँदै भनेका छन्, ‘मैले आजसम्म तपाईँलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाईँले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ । उनले सभापति लामिछानेलाई सहकारी प्रकरणदेखि दुई वटा पासपोर्ट प्रकरणको पनि कुरा उठाएका छन् । नीतिगत काम मात्र गरिन्छ भन्दै गृहमन्त्री बन्दा सरुवा बढुवामा चलखेल गरेको आरोप लगाएका छन् । उनले यी सबै प्रश्नको जवाफ दिन र लागेका आरोपउपर निष्पक्ष स्वतन्त्र छानबिन समिति गठन गर्ने आँट गर्नुहुन्छ ? भन्दै चुनौती दिएका छन् । उनले भनेका छन्, ‘आज पार्टीको छवि, मेरा कारणले नभई तपाईँको कारणले धुमिल हुँदै गएको छ । नेपाली जनताले राखेको आशा, वैकल्पिक राजनीतिको यो बिउ तपाईँका कारणले नाश हुँदै गइरहेको छ । पार्टी जोगाउने मौका दिनुहोस् । वैकल्पिक राजनीति अघि बढाउन, मार्ग प्रशस्त गरिदिनुहोस् । पार्टी सभापति पदबाट राजीनामा दिई आफ्नो नैतिकतालाई थोरै भए पनि जोगाउन सुझाव दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...