लुगा हेरेर सेवाग्राहीलाई विभेद नगर्नू : अर्थमन्त्री पौडेल



हाम्रो इकोनोमि

 

 

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवकहरू सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताएका छन् । ललितपुरमा आयोजित सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम समापन समारोहमा उनले यदाकदा सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने प्रवृत्ति देखिएको भन्दै सबैप्रति समान व्यवहार गर्न निर्देशन दिए , पोशाकका आधारमा नभई सेवाग्राहीका समस्या बुझेर यथोचित ढंगले सम्बोधन गर्न पौडेलले निर्देश दिए । आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्न सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्नेमा उनको जोड छ । हाकिमको आदेश भन्दा पनि कानूनसँग, राष्ट्रको हित, नागरिकको हितसँग बाझिएका बाहेकमा डराउनुपर्ने स्थिति नरहेको उनको पौडेलले बताए । उनले भने, ‘सेवाग्राही टाइसुट लगाएर आएको होला, चश्मा, कोट लगाएर आएको होला । झुत्रे झाम्रो पोशाकमा आएको होला । त्यो सबैप्रति समान व्यवहार गर्न सिक्नुपर्नेछ । त्यो सेवाग्राहीले कस्ता समस्या लिएर आएको छ, उसका अपेक्षा जायज, नाजायज के छन् । त्यसलाई बुझेर यथोचित ढंगले सम्बोधन गर्ने भन्दा पनि रुखो, तीतो र टर्रो व्यवहार गर्ने प्रवृत्ति पनि यदाकदा देखा पर्दछन् । आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्छ । जो सुकै किन नहोस्, हरेक सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र उसले सहज ढंगबाट सेवा प्राप्त गर्ने अनुकूल परिस्थिति निर्माण गर्ने काममा ध्यान जानुपर्छ । यहाँहरुले विषयको आधारमा नो भन्न सक्नुपर्छ । विषयको आधारमा एस भन्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
११ दल मिल्नुको कुनै अर्थ छैन : सूर्य थापा

     नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले ११ पार्टीहरुको मिसिनुको उद्देश्य केपी...

अझै पाँचहजार कैदी फरार

    गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ को घटनामा देशका...

कति पुग्यो आज अमेरिकी डलरको भाउ?

  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र...

निर्वाचन आचारसंहिताको मस्यौदा तयार

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी,...