बेचन झाविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता



हाम्रो इकोनोमि

 

 

प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा बेचन झाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार झाविरुद्ध अदालतमा पूरक अभियोग दर्ता गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा उनले नेपाल र भारतको दोहोरो नागरिकता लिएको समेत खुलेको थियो । उनीमार्फत नक्कली भुटानी शरणार्थी प्रकरणको थप गहिराइमा पुग्न सहयोग हुने अनुमान गरिएको थियो । तर, अदालतमा दायर अभियोग पत्रमा समावेश झाको बयानमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको जिकिर गरेका छन् । ‘म कुनै राजनीतिक पार्टीमा आबद्ध व्यक्ति होइन, टेकनारायण पाण्डेसँग मेरो चिनजान सम्पर्क समेत केही छैन’, उनले भनेका छन्, ‘त्यसो हुनाले कहाँ के कस्तो बयान दिएका हुन् उनै जानुस्, चेकको सम्बन्धमा मलाई केही थाहा छैन । तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले पक्राउ परेपछि बयान दिँदै प्रकरणमा राजनीतिक नेतृत्व मिलाउने जिम्मा झाले लिएको बताएका थिए । साथै, अनुसन्धान अधिकृतहरुले प्रकरणमा मुछिएकाहरुले झाको नाममा काटेको तीन करोड रुपैयाँको चेक समेत बरामद गरेका थिए । तर, आफूविरुद्ध बयान दिने कसैलाई पनि नचिनेको झाले बताएका छन् । झालाई नेपाल प्रहरीको विशेष टोलीले पक्राउ गरेर १५ असारमा नेपाल ल्याएको थियो । अदालतमा दायर अभियोगमा नागरिकताबारे विवरण समावेश छैन । त्यसबारे छुट्टै अनुसन्धान भइरहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...