मधेशका मुख्यमन्त्री सिंहले हटाए ८ राज्यमन्त्री



हाम्रो इकोनोमि

 

 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज आठ राज्यमन्त्रीलाई हटाएका गरेका छन् । जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै चर्को आलोचना भएपछिको मुख्यमन्त्री सिंहले आठ राज्यमन्त्री हटाएका हुन् । अब प्रदेशमा मुख्यमन्त्रीसहित १२ मन्त्री रहनेछन् ‌। साउन २० मा एमालेका मोहम्मद जैद आलम, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई राज्यमन्त्री नियुक्त गरेको थियो । यसअघि नै एमालेका केशव राय, शारदादेवी थापा र जनमतका रन्जु खंगलाई राज्यमन्त्री नियुक्त गरिएको थियो । उनीहरूलाई पनि हटाइएको छ । पार्टीसँग सल्लाह नगरी राज्यमन्त्री थपेको भन्दै मुख्यमन्त्री सिंहलाई जनमत पार्टीले स्पष्टीकरण सोधेको छ । जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै जसपाका युवा-विद्यार्थीले आन्दोलन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...