मधेशका मुख्यमन्त्री सिंहले हटाए ८ राज्यमन्त्री



हाम्रो इकोनोमि

 

 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज आठ राज्यमन्त्रीलाई हटाएका गरेका छन् । जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै चर्को आलोचना भएपछिको मुख्यमन्त्री सिंहले आठ राज्यमन्त्री हटाएका हुन् । अब प्रदेशमा मुख्यमन्त्रीसहित १२ मन्त्री रहनेछन् ‌। साउन २० मा एमालेका मोहम्मद जैद आलम, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई राज्यमन्त्री नियुक्त गरेको थियो । यसअघि नै एमालेका केशव राय, शारदादेवी थापा र जनमतका रन्जु खंगलाई राज्यमन्त्री नियुक्त गरिएको थियो । उनीहरूलाई पनि हटाइएको छ । पार्टीसँग सल्लाह नगरी राज्यमन्त्री थपेको भन्दै मुख्यमन्त्री सिंहलाई जनमत पार्टीले स्पष्टीकरण सोधेको छ । जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै जसपाका युवा-विद्यार्थीले आन्दोलन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...