७० अंकले बढ्यो शेयर, २७ अर्ब बढीको कारोबार



 

 

शेयर बजारमा सोमबार पनि उछाल आएको छ । बजारले ऐतिहासिक रेकर्ड बनाएको छ । कारोबार रकम र बजार पुँजीकरण दुवैमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । सोमबार शेयर बजार ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा अडिएको छ । यसदिन २७ अर्ब २४ करोड बढीको शेयर किनबेच भएको छ । आज ८ वटा कम्पनीमा सकारात्मक सर्किट ब्रेक लागेको छ । सूर्यज्योति लाइफ इन्सुरेन्स, हिमालयन लाइफ इन्सुरेन्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट, रसुवागढी हाइड्रोपावर कम्पनी, श्वेतगंगा हाइड्रोपावर कन्स्ट्रक्स, शुभम पावर र भिजन लुम्बिनी उर्जा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।लगानी र उतपादन तथा प्रशोधन समुह बाहेक सबै समूहमा बढाेत्तरी भएको छ । बजार पुँजीकरण ४६ खर्ब ५३ अर्ब पुगेको छ । आज ३३९ कम्पनीको ६ करोड ४८ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । १ अर्ब २२ करोडभन्दा बढी कारोबार भएको हिमालयन रिइन्सुरेन्स कारोबार रकमका आधारमा अगाडि छ ।

 

प्रतिक्रिया दिनुहोस
सरकार फेरिने हल्लाको पछि नलाग्नु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका

देवी प्रतिभालाई पोखरामा भव्य स्वागत

    कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत

 सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

     सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

    कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ