निजी क्षेत्रको लिड गर्ने पार्टी कुन हो : विनोद चौधरी



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले निजी क्षेत्रका लगानीकर्ता निराश रहेको बताएका छन् । ८० प्रतिशतभन्दा बढी लगाानीको अभिभारा निजी क्षेत्रसँग रहेको भन्दै उनले लगानीकर्ता अहिले निराश र त्रसित रहेको बताए । पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा चौधरीले पार्टीले निजी क्षेत्रको आकांक्षा, चाहनाको नेतृत्व गर्छ कि गर्दैन भन्ने अन्योल रहेको बताए । पार्टी नेतृत्वसँग उनले सोधे, ‘निजी क्षेत्रको लिड गर्ने पार्टी कुन हो ? कांग्रेसले यो अवसर गुमाउने त होइन भन्ने चिन्ता मलाई छ ।  उद्योगपति चौधरीले मुलुकको राजश्व र निर्यात घटेको जानकारी पार्टी बैठकमा गराए । ‘उत्पादन, राजश्व र आयात घट्नुले खपत घटेको कुरालाई प्रष्टसँग देखाउँछ । घट्दो राजश्व त्यसैको नियति हो’, चौधरीले भने, ‘अझै पनि हामीले यो कुरालाई गम्भीर रुपमा लिएर हाम्रा राजश्वका दरहरुलाई उत्पादन बढाउनेतर्फ प्राथमिकता दिनुको साँटो सरकार अन्य विभिन्न दलीलका आधारमा व्याख्या गर्ने काममा लागेको पाउँछु । नयाँ सरकार बनेसँगै राजनीतिक स्थायित्व हुन्छ कि भन्ने आशा पलाएको उनले बताए । कांग्रेस र एमालेबीच भएको सहमति अनुसार सरकार अगाडि बढ्यो र अन्तरविरोध हटाउन सक्यो भने मुलुकका लागि खुशीको कुरा हुने उनको भनाइ छ । कांग्रेसको आर्थिक नीति र दृष्टिकोण अहिलेसम्म अस्पष्ट रहेको चौधरीले बताए । कांग्रेसको आर्थिक दृष्टिकोणलाई फेरि एकपटक नयाँ ढंगले परिभाषित गर्ने बेला आएको चौधरीको निचोड छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...