संघ र प्रदेशका सरकारबाट बाहिरिनुपर्ने उथलपुथलको जिम्मेवार को : जनार्दन



 

 

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी फुट्दैछ भनेर नेतृत्व तहबाटै हल्ला चलाइएको आरोप लगाएका छन् । शर्माले पार्टी फुट्दैछ भन्ने हल्लाको बारे नेतृत्व तहबाटै स्पष्ट पारिनुपर्ने समेत बताएका छन् । पार्टी बैठकमा शर्माले पार्टीभित्र मुद्दामा आधारित छलफल र बहस गर्दा त्यसलाई विषयान्तर गर्न पार्टी फुट्दैछ भन्ने हल्ला चलाइएको बताएका छन् । शर्माले प्रचण्डको कार्यशैलीको विरोध गर्दा उनले पार्टी फुटाउन लागेको हल्ला चलेपछि प्रतिवाद गरेका हुन् । जारी स्थायी कमिटी बैठकमा आफ्नो लिखित मत राख्दै नेता शर्माले भनेका छन्- विधि, पद्धतिभित्र सञ्चालित सही आचरणयुक्त पार्टी बनाऔँ र चलाऔँ भन्दा डर मान्नुपर्ने, धक मान्नुपर्ने, लाञ्छित हुनुपर्ने अवस्था सिर्जना गरियो । अझ थप दुरुत्साहन गर्न राज्य शक्तिको समेत दुरुपयोग भयो । शर्माले गठबन्धन बनाउने, भत्काउने र फेरि बनाउने क्रियाकलापबाट पार्टीलाई भएको लाभ वा हानीको मूल्याङ्कन हुनुपर्ने माग राखेका छन् । उनले प्रधानमन्त्री भएकै बेला प्रचण्डले प्रयोग गरेको उथलपुथलको सिद्धान्तप्रति समेत कटाक्ष गरेका छन् । शर्माले भनेका छन्- अहिलेको उथलपुथलले सङ्घ र सबै प्रदेशका सरकारबाट बाहिरिनुपर्ने अवस्था किन आयो र यसको जिम्मेवार को हो ? यस विषयमा पार्टीले प्रष्ट पार्नुपर्छ । पार्टीमा प्रचण्डले दिएको उपमहासचिव पद अस्वीकार गरेका शर्माले अब नेतृत्वबाट प्रचण्डसहितका पदाधिकारीले बिदा लिएर तेस्रो पुस्तालाई जिम्मेवारी दिन समेत प्रस्ताव राखेका छन् । शर्माले १५ वर्षसम्म माओवादी पार्टी निरन्तर सरकारमा रहेको अवधिमा प्राप्त भएका उपलब्धि र कमी कमजोरीको व्यक्तिगत तथा संस्थागत मूल्याङ्कन गर्न समेत प्रस्ताव राखेका छन् । उनले २०८४ सालसम्म माओवादी पार्टी प्रतिपक्षमा रहने र सरकारमा नजाने घोषणा गर्नुपर्ने समेत बताएका छन् । शर्माले प्रचण्डदेखि सबै माओवादी नेताहरूको सम्पत्तिको यथार्थ विवरण सार्वजनिक गर्ने प्रस्ताव पनि स्थायी कमिटी बैठकमा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्

रवि लामिछाने पक्राउ पर्न सक्छन् : प्रचण्ड

     माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने

समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न