अमेरिकी षड्यन्त्रमा मलाई सत्ताच्यूत गरियो : प्रचण्ड



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सैन्य साझेदारी कार्यक्रम एसपीपीमा सहमति नजनाएपछि आफूलाई षड्यन्त्रमूलक ढंगले सत्ताच्यूत गरिएको विश्लेषण सुनाएका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा शनिवार बोल्दै अध्यक्ष प्रचण्डले बंगलादेशकी प्रधानमन्त्री शेखर हसिना र आफूलाई एकै ढंगले हटाइएको बताएका हुन् । प्रचण्डले एसपीपी स्वीकार नगर्दा आफू र अमेरिकी सेनाको बेस राख्न नमान्दा हसिनालाई सत्ताच्यूत गरिएको दाबी बैठकमा पेश गरेका थिए ।दक्षिण एसियामा अमेरिकी हस्तक्षेप बढेको भन्दै प्रचण्डले अबका कदम होसियारीपूर्वक चाल्नुपर्ने बताएको स्थायी कमिटी सदस्यले बताए । अब सबैखाले षड्यन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि माओवादीले वामपन्थी र देशभक्त शक्तिहरूसँग सहकार्य र पार्टी एकतासमेत गर्ने बताएका छन् ।बैठकमा प्रचण्डले माधव नेपाल नेतृत्वका नेकपा एस, विप्लव नेतृत्वको नेकपा, महिन्द्रराय यादव नेतृत्वका नेतालगायतका दलहरूसँग एकताको पहल भइरहेको बताएका छन् । प्रचण्डले कांग्रेस र एमालेको सहकार्य देशभित्रको मात्र परिस्थितिले नभएको भन्दै आउने चुनाव एक्लै लड्ने गरी तयारीमा रहनुपर्ने समेत बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...