काभा वीच भलिबल प्रतियोगितामा दोस्रो स्थान ल्याउने राष्ट्रिय खेलाडी सम्मान



हाम्रो इकोनोमि

 

 

सैबु भलिबल क्लबले भलिबल खेलका राष्ट्रिय टीमका कप्तान  मानबहादुर श्रेष्ठ र राष्ट्रिय खेलाडी दीलबहादुर सुनारलाई सम्मान गरेको छ । भुटानको थिम्पुमा अगष्ट १ देखि ३ तारिखमा सम्पन्न सेन्ट्रल जोन एशियन भलिबल एसोसिसन  (काभा ) वीच भलिबल  प्रतियोगितामा दोस्रो स्थान( फस्ट रनरअप) हासिल गरेका दुई खेलाडीलाई सम्मान गरेको हो ।

प्रतियोगितामा कप्तान श्रेष्ठ र सुनारको जोडीले प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा माल्दिभ्सले पहिलो स्थान हासिल गरेको थियो । सम्मान कार्यक्रममा क्लबका अध्यक्ष धिरज कुँबरले सम्मानपत्र प्रदान गर्नुभएको थियो । सम्मान कार्यक्रममा क्लबका उपाध्यक्ष एवं सैंबु ब्याडमिन्टन सर्कलका अध्यक्ष मिलन थापा ,  समाजसेवी हरिकुमार थापा, सर्कलका बरिष्ठ सदस्य गोपालराम पौडेलले कप्तान श्रेष्ठ र खेलाडी सुनारलाई सम्मान गर्नभएको थियो ।
सम्मानित मध्ये राष्ट्रिय खेलाडी एवं कप्तान श्रेष्ठ सैंबु भलिबल क्लबका कार्यकारी सदस्य हुन । सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय कप्तान श्रेष्ठले  सम्मानले भर्खरै खेलिरहेका खेलाडीलाई समेत प्रोत्साहन मिल्ने बताउनुभयो । खेलकुदलाई कसरी अघि बढाउने र यस स्थानलाई परिचय गराउने भन्ने विषयमा गहन छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले सैंबु भलिबल क्लबले राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सैबु ब्याडमिन्टन सर्कलका अध्यक्ष मिलन थापाले राष्ट्रिय खेल भलिबल खेललाई अघि बढाउन खेलाडी सम्मान कार्यक्रम महत्वपुर्ण रहेको बताउनुभयो । दुईजना खेलाडीले नेपाल र सैबुको नाम उच्च स्थानमा राख्न  सफल  भएकोमा शुभकामना दिनुभएको थियो । कार्यक्रमा क्लबका सचिव सुरेन्द्र थापा मगर, नेपाल क्योकुसिन कराटे महासंघका अध्यक्ष शालिकराम कुँबर लगायतले शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...