काभा वीच भलिबल प्रतियोगितामा दोस्रो स्थान ल्याउने राष्ट्रिय खेलाडी सम्मान



 

 

सैबु भलिबल क्लबले भलिबल खेलका राष्ट्रिय टीमका कप्तान  मानबहादुर श्रेष्ठ र राष्ट्रिय खेलाडी दीलबहादुर सुनारलाई सम्मान गरेको छ । भुटानको थिम्पुमा अगष्ट १ देखि ३ तारिखमा सम्पन्न सेन्ट्रल जोन एशियन भलिबल एसोसिसन  (काभा ) वीच भलिबल  प्रतियोगितामा दोस्रो स्थान( फस्ट रनरअप) हासिल गरेका दुई खेलाडीलाई सम्मान गरेको हो ।

प्रतियोगितामा कप्तान श्रेष्ठ र सुनारको जोडीले प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा माल्दिभ्सले पहिलो स्थान हासिल गरेको थियो । सम्मान कार्यक्रममा क्लबका अध्यक्ष धिरज कुँबरले सम्मानपत्र प्रदान गर्नुभएको थियो । सम्मान कार्यक्रममा क्लबका उपाध्यक्ष एवं सैंबु ब्याडमिन्टन सर्कलका अध्यक्ष मिलन थापा ,  समाजसेवी हरिकुमार थापा, सर्कलका बरिष्ठ सदस्य गोपालराम पौडेलले कप्तान श्रेष्ठ र खेलाडी सुनारलाई सम्मान गर्नभएको थियो ।
सम्मानित मध्ये राष्ट्रिय खेलाडी एवं कप्तान श्रेष्ठ सैंबु भलिबल क्लबका कार्यकारी सदस्य हुन । सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय कप्तान श्रेष्ठले  सम्मानले भर्खरै खेलिरहेका खेलाडीलाई समेत प्रोत्साहन मिल्ने बताउनुभयो । खेलकुदलाई कसरी अघि बढाउने र यस स्थानलाई परिचय गराउने भन्ने विषयमा गहन छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले सैंबु भलिबल क्लबले राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सैबु ब्याडमिन्टन सर्कलका अध्यक्ष मिलन थापाले राष्ट्रिय खेल भलिबल खेललाई अघि बढाउन खेलाडी सम्मान कार्यक्रम महत्वपुर्ण रहेको बताउनुभयो । दुईजना खेलाडीले नेपाल र सैबुको नाम उच्च स्थानमा राख्न  सफल  भएकोमा शुभकामना दिनुभएको थियो । कार्यक्रमा क्लबका सचिव सुरेन्द्र थापा मगर, नेपाल क्योकुसिन कराटे महासंघका अध्यक्ष शालिकराम कुँबर लगायतले शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
इरानद्वारा इजरायलमा हमला, कम्तीमा ८ जनाको मृत्यु

       इरानले इजरायलमाथि अहिलेसम्मकै भयंकर हमला गरेको छ । हमलामा परी

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला