कोटीहोममा आचार्य कृष्ण दमाईको सम्बोधन



हाम्रो इकोनोमि

 

 

पशुपतिमा आयोजित कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाईले ब्यासबाट सम्बोधन गरेका छन् । कोटीहोममा ब्यासमा आसिन हुने उनी दलित समुदायका पहिलो व्यक्ति हुन् । दमाईलाई समारोहमा भव्य स्वागत र सम्मान गरिएको थियो । सम्बोधनको सुरुवातमा उनले आफूलाई यो स्थानसम्म पुर्‍याउने गुरुहरुलाई धन्यवाद दिए । दलित समुदायमा जन्मेर पनि कसरी संस्कृत शिक्षामार्फत आकर्षित भए भन्ने उनले वर्णन गरे ।

दमाईको मन्तव्यका केही अंश उनकै शब्दमा

मलाई यो क्षेत्रमा पुर्‍याउने गुरुहरुप्रति आभार प्रकट गर्न चाहन्छु । एउट सुद्र भएर संस्कृत साहित्यलगायत अन्य कर्महरुमा मलाई समावेश गराउने आदरणीय गुरुहरुमा नमन गर्छु । मानिसले स्वर्ग जानुपर्छ भन्छन्, तर मेरो लागि त नेपाल राष्ट्रको राष्ट्रदेव पशुपति देवको चरणमा स्वर्गको महसुस भएको छ । मैले स्वर्ग प्राप्त गरेको छु । म विद्यालयमा पढ्दा सधैं प्रथम हुन्थें । २०६४ सालमा एसएलसी उत्तीर्ण गरें । हरेक ठाउँबाट बधाई आयो । साइन्स, म्याथ पढ्ने इच्छा नभएको होइन, तर मेरो कर्म र मेरो भाग्यले यो क्षेत्रमा डोर्‍यायो, जसले गर्दा मेरो शरीर नरहे पनि म महान गुरु ईश्वरदत्त भट्टलाई सधैं सम्झिरहनेछु । ती गुरुले मलाई शारदा विद्यापीठ महेन्द्रनगरको संस्कृत विद्याश्रममा पठाउनुभयो । भाषा प्रशिक्षण उत्तीर्ण गरेपछि छात्रवृत्ति पाएर सोचेको ठाउँमा पढ्न सक्छस् भनेर बाटो देखाउनुभयो । त्यो पवित्र ठाउँमा पुगेपछि गुरुहरुको आशीर्वादले माया र प्रेरणाले यहाँसम्म पुगें । गुरुहरुलाई पुनः शीर झुकाइ अर्पण गर्न चाहन्छु ।

कतिपय मानिसहरुले धरै कुरा भने । यो दमाईको छोराले संस्कृत पढेर हाम्रो कर्मकाण्ड गर्ने हो र भन्थे । मलाई गुरुले धेरै कुरा भनेर जानुभएको छ । मैले धेरै भन्नुपर्ने अवस्था छन् । मैले कर्मकाण्डका लागि होइन, आफ्नो विद्वताका लागि, आफ्नो सनातनका लागि जन्मभूमिका लागि यो विषय अध्ययन गरेको हुँ । मैले आफ्नो माता र पिता गुमाइसकेको अवस्था हो । १२ मा पढ्दा माताको मृत्यु भएको थियो । साह्रै भौतारिएको थिएँ । ८ वर्षपछि २०७८ सालमा बुवाले पनि देहत्याग गर्नुभयो । बुवाले भन्नुहुन्थ्यो- कृष्णबाबु तिमी एक दिन असल मान्छे बन्नू । म आज प्रत्येक शुभकार्यमा मातापिता र गुरुदेवलाई कोटीकोटी प्रणाम गर्छु ।

मैले प्रस्ट रुपमा गुरुजीलाई भनेको थिएँ । मलाई यहाँसम्म पुर्‍याउनुभयो, यसरी बिराजमान गराउनुभयो । पूर्वतयारी नगरेको अवस्था थियो । यसर्थ म आत्मप्रवचनको व्यवस्था गर्छु । दलित समुदायको एउटा व्यक्तिले संस्कृत शिक्षा, वेद अध्ययन पढ्नुपर्ने रहेछ भन्ने आजको यस ऐतिहासिक कोटीहोमले गरेको हुनाले म श्री विजयकृष्ण मुर्तिज्यू महाराजलाई कृतज्ञता प्रकट गर्छु । यस्तो पवित्र स्थलमा पुग्छु र बोल्छु भन्ने कल्पनै थिएन ।

प्रतिक्रिया दिनुहोस
लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...

नयाँ ट्र्याक निर्माणपछि कृष्णभीरमा दुईतर्फ नै सञ्चालनमा

   सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा...

असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...