उच्च बार पाटनको चुनावमा पिपिएलए र आरपिएलएको सम्युक्त प्यानल



हाम्रो इकोनोमि

 

 

 

 

उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ नेतृत्वका लागि एमाले र माओवादीनिकट वकिलहरुबीच गठबन्धन भएको छ । आगामी भदौ १ गते हुने निर्वाचनको लागि मंगलवार दुवै प्यानलको उम्मेदवारी मनोनयन दर्ता भएको उच्च बार पाटनले जनाएको छ । एमालेनिकट प्रगतिशील कानून व्यवसायी संगठनका तर्फबाट अध्यक्षमा विदुर प्रसाद ढुंगानाको उम्मेदवारी दर्ता भएको छ ।  उच्च अदालत बार पाटनमा सधैँ एमालेनिकट कानून व्यवसायीले जित्दै आएका छन् । हाल उच्च बारको अध्यक्ष शान्तिराम खतिवडा छन् । एमालेले यस पटक माओवादीनिकट सुशीला चौधरीलाई सहसचिव र तिलकबहादुर पाण्डेलाई एक सदस्य दिएर आफ्ना प्यानलमा समेटेको छ । बाँकी सबै पदमा एमालेनिकट वकिलहरूको उम्मेदवारी दर्ता भएको छ । एमालेनिकटबाट उपाध्यक्षमा विष्णु ऋषि कोइराला,सचिवमा प्रबल शर्मा र कोषाध्यक्षमा भूपाल बस्नेतको उम्मेदवारी परेको छ । 

एमाले -माओवादीनिकट सम्युक्त प्यानलका उमेदवारहरु

अध्यक्ष: विदुर प्रसाद ढुंगाना
उपाध्यक्ष: विष्णुऋषि कोइराला
सचिव: प्रबल शर्मा
सहसचिव: सुशीला चौधरी
कोषाध्यक्ष: भूपाल बस्नेत

सदस्य महिला

विमला कुमारी शर्मा
जितिन्द्रा विष्ट (जितु)
पुष्पा भुसाल (बिमली)

सदस्य खुला

चित्र बहादुर कुताल बिष्ट
रामानन्द चौधरी थारु (राजु)
तिलक बहादुर पाण्डे
भानु निरौला
छन्दप्रसाद आचार्य
भिष्म प्रसाद पौड्याल
सुशिला श्रेष्ठ
कृष्ण सिंह महरा
रेशम कडेल
निकेश कुमार लम्साल
केशव खतिवडा

 

एमाले -माओवादीनिकट सम्युक्त प्यानलका उमेदवारहरु

 

 

 

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...