उच्च बार पाटनको चुनावमा पिपिएलए र आरपिएलएको सम्युक्त प्यानल



हाम्रो इकोनोमि

 

 

 

 

उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ नेतृत्वका लागि एमाले र माओवादीनिकट वकिलहरुबीच गठबन्धन भएको छ । आगामी भदौ १ गते हुने निर्वाचनको लागि मंगलवार दुवै प्यानलको उम्मेदवारी मनोनयन दर्ता भएको उच्च बार पाटनले जनाएको छ । एमालेनिकट प्रगतिशील कानून व्यवसायी संगठनका तर्फबाट अध्यक्षमा विदुर प्रसाद ढुंगानाको उम्मेदवारी दर्ता भएको छ ।  उच्च अदालत बार पाटनमा सधैँ एमालेनिकट कानून व्यवसायीले जित्दै आएका छन् । हाल उच्च बारको अध्यक्ष शान्तिराम खतिवडा छन् । एमालेले यस पटक माओवादीनिकट सुशीला चौधरीलाई सहसचिव र तिलकबहादुर पाण्डेलाई एक सदस्य दिएर आफ्ना प्यानलमा समेटेको छ । बाँकी सबै पदमा एमालेनिकट वकिलहरूको उम्मेदवारी दर्ता भएको छ । एमालेनिकटबाट उपाध्यक्षमा विष्णु ऋषि कोइराला,सचिवमा प्रबल शर्मा र कोषाध्यक्षमा भूपाल बस्नेतको उम्मेदवारी परेको छ । 

एमाले -माओवादीनिकट सम्युक्त प्यानलका उमेदवारहरु

अध्यक्ष: विदुर प्रसाद ढुंगाना
उपाध्यक्ष: विष्णुऋषि कोइराला
सचिव: प्रबल शर्मा
सहसचिव: सुशीला चौधरी
कोषाध्यक्ष: भूपाल बस्नेत

सदस्य महिला

विमला कुमारी शर्मा
जितिन्द्रा विष्ट (जितु)
पुष्पा भुसाल (बिमली)

सदस्य खुला

चित्र बहादुर कुताल बिष्ट
रामानन्द चौधरी थारु (राजु)
तिलक बहादुर पाण्डे
भानु निरौला
छन्दप्रसाद आचार्य
भिष्म प्रसाद पौड्याल
सुशिला श्रेष्ठ
कृष्ण सिंह महरा
रेशम कडेल
निकेश कुमार लम्साल
केशव खतिवडा

 

एमाले -माओवादीनिकट सम्युक्त प्यानलका उमेदवारहरु

 

 

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...