धरानमा आन्दोलन नरोक्ने दलको अडान



हाम्रो इकोनोमि

 

 

धरानमा खानेपानीको महसुल र सेवा शुल्क वृद्धिविरुद्ध आन्दोलनरत् राजनीतिक दल र स्थानीय प्रशासनबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ । सुनसरीका सीडीओ रामचन्द्र तिवारीले खानेपानी व्यवस्थापन बोर्ड र बोर्डको काउन्टरमा लगाइएको ताला खोल्न आग्रह गरेका थिए । उनले खानेपानीको धारा जडान, नामसारी र खानेपानीको महसुल वृद्धि गर्ने अधिकार बोर्डको नभएर खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगको भएकाले बोर्डले बढाएको शुल्क र महसुल कार्यान्वयनमा नजाने आश्वासन दिएका थिए । सीडीओ तिवारीको आग्रह थियो, ‘महसुल नबढ्ने कुराको बारेमा निश्चिन्त हुनुस् अहिले लगाएको तालाबन्दी खोली आन्दोलनको रूप फेर्नुस् । सीडीओले आश्वासन दिए पनि निर्णय फिर्ताको ग्यारेन्टी नभएकाले आन्दोलन नरोक्ने दलका प्रतिनिधिले अडान लिएका छन् । उनीहरूले साविककै दर तोकिएको लिखित कागजको माग गरे । नेकपा एमाले धरान नगर कमिटीका अध्यक्ष हर्कजङ्ग एभेङ्गले वार्तामा कुनै सहमति नभएको बताए ।

उनले भने, ‘बढाइएको रकम नघटाएसम्म आन्दोलनका कार्यक्रम फेरिँदैन । हामी आन्दोलन रोक्दैनौं । धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तथा मेयर हर्क साम्पाङले साउन १ गतेबाट खानेपानीको धारा जडान, नामसारीलगायतका अचाक्ली मूल्य बढाएका छन् । नयाँ धारा जडानमा ५ हजारदेखि ७५ हजारसम्म बढाइएको छ । यसैगरी खानेपानीको महसुलमा साविकभन्दा २० रूपैयाँदेखि १ हजारसम्म बढाइएको छ । सरोकारवालासँग छलफल नै नगरी आफूखुसी निर्णय गरेको भन्दै धरानका क्रियाशील १० राजनीति दल आन्दोलित छन् । आन्दोलनरत् पक्षले धरान खानेपानी व्यवस्थापन बोर्डको कार्यालय र बिल काउन्टरमा पनि तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण बोर्डको आर्थिक कारोबार अहिले ठप्प भएको छ । दलहरूले रकम नबुझाउन उपभोक्तालाई संयुक्त अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...