बंगलादेशमा प्रधानमन्त्री निवासभित्र तोडफोड र लुटपाट



 

 

बंगलादेशमा जारी आन्दोलनका क्रममा हिजो प्रधानमन्त्रीको निवासमा घुसेका प्रदर्शनकारीले व्यापकरुपमा लुटपाट र तोडफोड गरेका छन् । सुरक्षाकर्मीले कुनै प्रतिरोध नगरेपछि उनीहरूले त्यहाँ दिनभर उपद्रव मच्चाएका थिए । ठूलो संख्यामा प्रदर्शनकारीहरू प्रधानमन्त्री निवास नजिक आएपछि सेनाले सुरक्षा दिन नसक्ने अवस्था उत्पन्न भएको थियो । त्यसपछि प्रधानमन्त्री शेख हसिना निवास छोडेर भागिन् । उनलाई मोटरकेड र हेलिकोप्टरमार्फत निवासबाट बाहिर निकालिएको थियो । प्रधानमन्त्री बाहिरिएसँगै सेनाले पनि प्रदर्शनकारी समक्ष अघोषित आत्मसमर्पण गर्‍यो । हजारौंको संख्यामा प्रदर्शनकारी पर्खाल नाघेर प्रधानमन्त्री निवास गणभवनभित्र छिरेका थिए । धेरैको हातमा लाठी थियो । कसैले बंगलादेशको झण्डा बोकेका थिए । निवासभित्र छिर्नासाथै वितण्डा सुरू भयो । कोही झ्यालढोका र फर्निचरमा तोडफोड गर्न थाले । कोही टेबलमा चढेर उफ्रिए । कोही बेडरुममा पसेर पलङमा लमतन्न सुते । कोही फोटो र सेल्फीमा व्यस्त भए ।

एउटा हुल भान्सामा पस्यो । त्यहाँ माछा मासुलगायत विभिन्न परिकारहरू तयारी अवस्थामा थिए । सायद लन्चको समय भएको थियो । प्रदर्शनकारीले पकाएकै भाँडोबाट खानेकुराहरू बुत्याए । कसैले फ्रिज उघारेर काँचो माछा र तरकारीहरू लिएर हिँडे । कसैले भाँडाकुँडा उठाए । बेडरुमभित्र छिरेकाहरूले लुगाफटाहरू झिक्न थाले । सारीलगायत महिलाका भित्री वस्त्रहरु पनि उनीहरूले छोडेनन् । एक युवक त साडी लगाएरै निस्किए । प्रदर्शनकारीहरूले मन लागेको सामनाहरू त्यहाँबाट उठाए । कसैले टेलिभिजन भेटे, कसैले पंखा, कसैले कुर्सी, कसैले किताब, कसैले कुखुरा आदि । त्यहाँ कुनै पनि रोकटोक थिए । सार्वजनिक भएका भिडिओ फुटेजमा एकाध सैनिकहरू देखिन्छन् । तर, उनीहरूले केबल सम्झाउने प्रयास गरेका छन् । कुनै बल प्रयोग गरेका छैनन् । बल प्रयोग गर्न सक्ने अवस्था पनि थिएन । निवासभित्र मानिसहरू आउने र सामानहरू लिएर हिँड्ने क्रम दिनभरि चलिरहेको थियो । तोडफोडको क्रम पनि जारी नै रह्यो । फलतः प्रधानमन्त्री निवास युद्धमैदानजस्तो देखिएको छ । त्यहाँ बुङबुङ धुलो उडिरहेको छ । सामानहरु केही सद्दे छैनन् । बचेखुचेका फर्निचरहरू पनि तोडफोड भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ग्वार्कोको ओभरपास भोलिदेखि संचालनमा आउने

    ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।

स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउने रास्वपाको पहल

    राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीति पक्षधर तथा स्वतन्त्र समूहहरूसँग सहकार्यको प्रयास

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिपोर्ट

    दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता

बाढी, पहिरोले बुटवल-नारायणगढ सडक अवरुद्ध

    बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक