बंगलादेशमा प्रधानमन्त्री निवासभित्र तोडफोड र लुटपाट



हाम्रो इकोनोमि

 

 

बंगलादेशमा जारी आन्दोलनका क्रममा हिजो प्रधानमन्त्रीको निवासमा घुसेका प्रदर्शनकारीले व्यापकरुपमा लुटपाट र तोडफोड गरेका छन् । सुरक्षाकर्मीले कुनै प्रतिरोध नगरेपछि उनीहरूले त्यहाँ दिनभर उपद्रव मच्चाएका थिए । ठूलो संख्यामा प्रदर्शनकारीहरू प्रधानमन्त्री निवास नजिक आएपछि सेनाले सुरक्षा दिन नसक्ने अवस्था उत्पन्न भएको थियो । त्यसपछि प्रधानमन्त्री शेख हसिना निवास छोडेर भागिन् । उनलाई मोटरकेड र हेलिकोप्टरमार्फत निवासबाट बाहिर निकालिएको थियो । प्रधानमन्त्री बाहिरिएसँगै सेनाले पनि प्रदर्शनकारी समक्ष अघोषित आत्मसमर्पण गर्‍यो । हजारौंको संख्यामा प्रदर्शनकारी पर्खाल नाघेर प्रधानमन्त्री निवास गणभवनभित्र छिरेका थिए । धेरैको हातमा लाठी थियो । कसैले बंगलादेशको झण्डा बोकेका थिए । निवासभित्र छिर्नासाथै वितण्डा सुरू भयो । कोही झ्यालढोका र फर्निचरमा तोडफोड गर्न थाले । कोही टेबलमा चढेर उफ्रिए । कोही बेडरुममा पसेर पलङमा लमतन्न सुते । कोही फोटो र सेल्फीमा व्यस्त भए ।

एउटा हुल भान्सामा पस्यो । त्यहाँ माछा मासुलगायत विभिन्न परिकारहरू तयारी अवस्थामा थिए । सायद लन्चको समय भएको थियो । प्रदर्शनकारीले पकाएकै भाँडोबाट खानेकुराहरू बुत्याए । कसैले फ्रिज उघारेर काँचो माछा र तरकारीहरू लिएर हिँडे । कसैले भाँडाकुँडा उठाए । बेडरुमभित्र छिरेकाहरूले लुगाफटाहरू झिक्न थाले । सारीलगायत महिलाका भित्री वस्त्रहरु पनि उनीहरूले छोडेनन् । एक युवक त साडी लगाएरै निस्किए । प्रदर्शनकारीहरूले मन लागेको सामनाहरू त्यहाँबाट उठाए । कसैले टेलिभिजन भेटे, कसैले पंखा, कसैले कुर्सी, कसैले किताब, कसैले कुखुरा आदि । त्यहाँ कुनै पनि रोकटोक थिए । सार्वजनिक भएका भिडिओ फुटेजमा एकाध सैनिकहरू देखिन्छन् । तर, उनीहरूले केबल सम्झाउने प्रयास गरेका छन् । कुनै बल प्रयोग गरेका छैनन् । बल प्रयोग गर्न सक्ने अवस्था पनि थिएन । निवासभित्र मानिसहरू आउने र सामानहरू लिएर हिँड्ने क्रम दिनभरि चलिरहेको थियो । तोडफोडको क्रम पनि जारी नै रह्यो । फलतः प्रधानमन्त्री निवास युद्धमैदानजस्तो देखिएको छ । त्यहाँ बुङबुङ धुलो उडिरहेको छ । सामानहरु केही सद्दे छैनन् । बचेखुचेका फर्निचरहरू पनि तोडफोड भएका छन् ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...