वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित



हाम्रो इकोनोमि

 

 

वर्षा र हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । मङ्गलवार बिहान खराब मौसमकै कारण केही जहाज आकाशमा नै होल्ड र केही डाइभर्ट भएको विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवत्ता सुभाष झाले पानी परेको कारण केही जहाज अवतरणमा समस्या भएको बताए । उनले भने, ‘जहाज उडानमा केही समस्या छैन । जहाज उठेपछि बादलमाथि आकाशमा जाने हो । तर, पानी परेकाले केही जहाजले ल्याड गर्न सकेको छैन । अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेकाले अवतरण हुन समस्या आएको हो। स्तानाबुलबाट काठमाडौं आएको टुर्किस्तान एयर उतै डाइभर्ट भएको छ भने फ्लाइ दुबई र डर्क एयर अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् । सिता एयरको लुक्लाको उडान मौसमको कारण रद्द भएको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...