बैंकहरुको नाफा ६४ अर्ब बढी, नबिल बन्यो एक नम्बर



हाम्रो इकोनोमि

 

 

 वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण प्रकाशित गरेका छन् । यस पटक बैंकहरुको औसत नाफा वृद्धि भएको छ । यद्यपि सबै बैंकहरुले नाफा बढाएका भने होइनन् । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकहरुले नाफा असार मासान्तसम्म ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ गरेका छन् । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १३.४० प्रतिशत धेरै हो ।अघिल्लो वर्ष २० वटा वाणिज्य बैंकले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । नाफा कमाउने बैंकहरुमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंकको नाफा बढेको छ । यस्तै नाफा बढाउनेमा लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, कुमारी बैंक र नेपाल एसबीआई बैंक रहेको छ ।

नाफाका आधारमा नबिल बैंकले एक नम्बर स्थान प्राप्त गरेको छ । यो बैंक सबैभन्दा धेरै खुद नाफा कमाउने बैंक बनेको छ । यसले ७ अर्ब ६ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्ष (२०७९/८०) को तुलनामा १०.२३ प्रतिशत धेरै हो ।

दोस्रो बढी नाफा ग्लोबल आइएमई बैंकको देखिएको छ । यसको नापा अघिल्लो आर्थिक वर्षको भन्दा कम भए पनि समग्र बैंकहरुमा नाफाका आधारमा दोस्रो नाफा कमाएको विवरणमा देखिन्छ । ग्लोबल आइएमई बैंकले ६ अर्ब १ करोड नाफा कमाएको छ । यद्यपि अघिल्लो वर्षको तुलनामा गत वर्ष यसको खुद नाफा भने १०.१३ प्रतिशत घटेको हो ।

तेस्रो बढी नाफा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको देखिएको छ । यस बैंकले ५ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको छ ।यसको नाफा ३९.७१ प्रतिशतले बढेको हो । चौथो नम्बरमा प्रभु बैंक परेको छ । यस बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष १४ सय ९९ प्रतिशतले नाफा बढाएको हो । नाफाको वृद्धिदर भने यसको बढी छ । तर खुद नाफामा भने प्रभु चौथो नम्बरमा छ ।

पाँचौँ नम्बरमा परेको प्राइमले ३ अर्ब ७७ करोड रुपैयाँ कमाउँदा छैटौँ नम्बरमा परेको एभरेष्ट बैंकले ३ अर्ब ७० करोड नाफा आर्जन गरेको छ । नाफाका आधारमा सातौँ नम्बरमा कृषि विकास बैंक छ भने राष्ट्रिय वाणिज्य बैंक आठौँ नम्बरमा छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...