भारी वर्षासँगै काठमाडौँमा बाढी, ३६ जनाको उद्धार



 

 

भारी वर्षासँगै काठमाडौँका नदी -खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ ।
काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौंको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो ।
काठमाडौंको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ । ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट ६ जनाको उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
पाँच हजार मेगावाट पीपीए गर्दै विद्युत् प्राधिकरण

    नेपाल विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता

हारेकाले अर्को संगठन बनाउँदैमा एनआरएनए विभाजित हुँदैन : प्रधानमन्त्री

    गैर आवासीय नेपाली संघ विभाजन गर्ने शेष घले र महेश श्रेष्ठलगायतको

राष्ट्र बैंकमा ३ खर्ब ३५ अर्ब थुप्रियो, व्यवस्थापन गर्न सकस

    वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्दीय बैंकलाई तरलता र ब्याजदर व्यवस्थापन

नबिल प्रिमियम रेमिटेन्स बचत खाता वैदेशिक रोजगार श्रमीककालागी साथी

    विदेशमा कामगर्न गएका र श्रम स्वकिृत लिएर बसेको रोजगारीका लागी विदेश