१० लाख नगद सहित जुवा खेल्दै गरेका ९ जना पक्राउ



हाम्रो इकोनोमि

 

 

जुवातास खेलेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ ९ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरूलाई काठमाडौंको चुनदेबीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बूढानीलकण्ठ नगरपालिका-५ बस्ने २१ वर्षीय करिब देउला, सिन्धुपाल्चोकका ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भएका ३८ वर्षीय नारायण लाबुङ, काठमाडौं बसन्तपुरका २१ वर्षीय निलेश महर्जन, काठमाडौंकै ४५ वर्षीय राजेश श्रेष्ठ, बुढानिकण्ठकी ३३ वर्षीया सरिता देउला, काठमाडौं डल्लुका ४८ वर्षीय दीपक महर्जन, काठमाडौं कालिमाटीका ४८ वर्षीय विवेक महर्जन र काठमाडौं डल्लुकै ५२ वर्षीय प्रकाश शाही छन् । काठमाडौं महानगरपालिका-४ चुनदेवीस्थित यमकुमारी आलेको घरमा तासजुवा खेलेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनीहरुबाट १० लाख ११ हजार रुपैयाँ बरामद भएको छ । जुवा खेल्न प्रयोग भएको १३ वटा ओखर पनि बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...