लायन्स र लियो क्लबको भूतखेलमा स्वास्थ्य शिविर



हाम्रो इकोनोमि

 

 

काठमाण्डौंको भूतखेलमा आज शनिबार एक सय बीस जनाको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न भएको छ । भूतखेल जुम्बा योग परिवारको संयोजन तथा लायन्स क्लब अफ काठमाण्डौं नेपालय र लियो क्लब अफ काठमाण्डौं नेपालयको संयुक्त आयोजनामा टोखा नगरपालिका वडा नम्बर ३ भूतखेलमा मधुमेह र रक्तचाप परीक्षण गरिएको हो । परीक्षण कार्यक्रमलाई हिलिङ काठमाडौँ एण्ड डाइग्नो टेक सपोर्ट प्रा.लि. ले सहयोग गरेको थियो । कार्यक्रममा आयोजक लायन्स क्लब अफ काठमाण्डौं नेपालयका अध्यक्ष सपना पौड्याल र सचिव तथा जुम्बा परिवारको संयोजक समाजसेवी भुवन श्रेष्ठले आगामी दिनमा पनि निःशुल्क मासिक स्वास्थ्य परीक्षण तथा वातावरण सचेतना कार्यक्रम गरिने बताउनुभयो । कार्यक्रममा क्लबका रिजनल चेयरपर्सन उपेन्द्र कुमार पौडेल, जोन चेयरपर्सन सहर्ष पौडेल, लियो गभर्नर अभय थापा, क्लबका पिभिएसटी टिम र सदस्यको साथै भुतखेल जुम्बा योग परिवारका संयोजकहरू गुरू अंकिता सिलवाल खनाल, लाल बहादुर रायमाझी, भुवन श्रेष्ठ, दिपीका सिटौला र दिनेश प्रसाद सिटौलाका साथै सदस्यहरु तथा टोखाका स्थानीय वासिन्दा, समाजसेवी बुद्ध श्रेष्ठ र बुद्धिजीविहरुको पनि उपस्थिति थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...