राष्ट्रपतिको दौडबाट बाहिरिए बाइडेन



हाम्रो इकोनोमि

 

 

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बुधबार राति राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा बाइडेनले जनतालाई आफ्नो निर्णयबारे जानकारी गराउँदै नयाँ पुस्तालाई अघि बढाउन अपिल गर्नुभयो । राष्ट्रपति बाइडेनले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान उपराष्ट्रपति तथा राष्ट्रपतिकी नयाँ उम्मेदवार कमला ह्यारिसलाई समर्थन गर्न आग्रह गर्नुभयो । ओभल अफिसबाट राष्ट्रका नाममा गरेको सम्बोधनमा बाइडेनले देशमा नयाँ सोच र नयाँ आवाजको लागि ठाउँ रहेको बताउनुभयो । यस क्रममा उहाँले भन्नुभयो, ‘लामो समयको अनुभवको आफ्नै महत्व छ, तर साथमा नयाँ आवाज, ताजा आवाज र हो, युवा आवाजको पनि आफ्नै समय र स्थान छ । आफ्नो पार्टीलाई एकताबद्ध गर ।

बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन आफू सबैभन्दा राम्रो उम्मेदवार भएको हप्तौंदेखि जोड दिइरहनुभएको थियो । तर, अचानक उहाँले दौडबाट पछि हटेको घोषणा गर्नुभएको हो । यस्तो अवस्थामा यस भाषणको माध्यमबाट बाइडेनले पहिलो पटक जनतालाई प्रत्यक्ष सम्बोधन गर्नुभयो र आफ्नो निर्णयको कारण बताउनुभयो । बाइडेनको यो सम्बोधनमा सारा विश्वको नजर अडिएको थियो । उहाँ कोभिड संक्रमणबाट निको भएर एक दिनअघि नै ह्वाइट हाउस फर्किनुभएको थियो । यसअघि पूर्वराष्ट्रपति र रिपब्लिकन राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि आक्रमण भएको एक दिनपछि बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो । बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई आफ्नो समर्थन उल्लेख गर्दै आफ्नो भाषणको अन्त्य गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘म हाम्रा महान उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद दिन चाहन्छु । उहाँ अनुभवी हुनुहुन्छ । उहाँ दृढ हुनुहुन्छ । उहाँ सक्षम हुनुहुन्छ । उहाँ मेरो लागि एक अद्भुत साझेदार र हाम्रो देशको लागि एक नेता हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...