बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज सपथग्रहण गर्दैछन् । लामासँगै एमालेबाट मन्त्री बन्न लागेका थप ६ जना मन्त्रीहरुको पनि सपथग्रहण हुने कार्यक्रम रहेको छ । मंगलबार साँझ मुख्यमन्त्रीमा नियुक्त भएका लामाको आज प्रदेश प्रमुख कार्यलयमा सपथग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्रीको सपथ लगतै एमालेबाट मन्त्री हुने प्रेमभक्त महर्जन, प्रकाश श्रेष्ठ,अमन मास्के, किरण थापामगर, सुकुमाया तामाङ र कृष्ण सिलवालले सपथग्रहण गर्ने कार्यक्रम तय भएको जनाइएको छ । सपथग्रहणको सबै तयारी पूरा भइसक्दा समेत सरकारको नेतृत्व गर्न लागेको नेपाली कांग्रेसले भने आफ्नो दलबाट प्रतिनिधित्व हुने मन्त्रीको नाम फाइनल गर्न सकेको छैन । कांग्रेस बागमती प्रदेश संसदीय दलमा रहेको इन्द्र बानियाँ र बहादुर सिंह लामाको दुई धारमा भागबण्डाको कुरा नमिल्दा मन्त्रालयको टुङ्गो नलागेको कांग्रेस निकट स्रोतको दावी छ । अर्थ मन्त्रालयको विषयमा लामा र बानियाँबीच मतभेद रहेको निकट स्रोतको भनाई छ । कांग्रेसले आज मन्त्रीको नाम टुङ्गो नलगाएपनि फाइनल भइसकेका मन्त्रीहरुको सपथ हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...