बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज सपथग्रहण गर्दैछन् । लामासँगै एमालेबाट मन्त्री बन्न लागेका थप ६ जना मन्त्रीहरुको पनि सपथग्रहण हुने कार्यक्रम रहेको छ । मंगलबार साँझ मुख्यमन्त्रीमा नियुक्त भएका लामाको आज प्रदेश प्रमुख कार्यलयमा सपथग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्रीको सपथ लगतै एमालेबाट मन्त्री हुने प्रेमभक्त महर्जन, प्रकाश श्रेष्ठ,अमन मास्के, किरण थापामगर, सुकुमाया तामाङ र कृष्ण सिलवालले सपथग्रहण गर्ने कार्यक्रम तय भएको जनाइएको छ । सपथग्रहणको सबै तयारी पूरा भइसक्दा समेत सरकारको नेतृत्व गर्न लागेको नेपाली कांग्रेसले भने आफ्नो दलबाट प्रतिनिधित्व हुने मन्त्रीको नाम फाइनल गर्न सकेको छैन । कांग्रेस बागमती प्रदेश संसदीय दलमा रहेको इन्द्र बानियाँ र बहादुर सिंह लामाको दुई धारमा भागबण्डाको कुरा नमिल्दा मन्त्रालयको टुङ्गो नलागेको कांग्रेस निकट स्रोतको दावी छ । अर्थ मन्त्रालयको विषयमा लामा र बानियाँबीच मतभेद रहेको निकट स्रोतको भनाई छ । कांग्रेसले आज मन्त्रीको नाम टुङ्गो नलगाएपनि फाइनल भइसकेका मन्त्रीहरुको सपथ हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...