भुटानी शरणार्थी र गिरीबन्धु भनेर कराउने दिन नआओस् : ज्ञानेन्द्र शाही



 

 

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारमा हुनेहरूलाई धमाधम भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सत्तापक्षमा हुँदा केही नगर्ने प्रतिपक्षमा आएपछि भ्रष्टाचारको फाइल खोल्ने कुरा नगर्न आग्रह गरे । उनले कांग्रेस एमालेलाई लक्षित गर्दै भने, ‘अहिले तपाईँहरू सरकारमा हुनुहुन्छ, भोलि तपाईँहरूको दिन नआओस्, फेरि भुटानी शरणार्थी, गिरीबन्धु, टेरामक्स, ओम्नी, एनसेल, मेलम्चीलगायतका काण्ड भनेर हाम्रो सँगसँगै बसेर कराउने दिन नआओस् । काम गर्नुस् । उनले सदनमा तिम्रा फाइल बन्द गरेर हाम्रा किन खोल्छौँ भनेर सदनमा जुहारी चलेको उनको भनाइ छ । सत्तापक्ष र प्रतिपक्ष जो भए पनि भ्रष्टाचारमा संलग्न हुनेहरूलाई कारबाही गर्न माग गरे ।  यस्तै, उनले कैलालीको धनगढी उपमहानगरपालिका ७ को मनेरामा अस्पताल बनाउन स्थानीय तहबाट अनुमति लिएर चर्च बनाइएको बताए । उनले भने, ‘वैदिक सनातन मान्ने मान्छेहरूलाई सैतान भन्दै चर्च बनाइयो । र अहिले त्यहाँ स्थानीयबासीहरू विरोधमा उत्रेका छन्। धर्म मान्न पाइन्छ सबैको अधिकार हो तर अर्काको धर्मलाई गाली गर्न पाइँदैन । झुटो विवरण पेस गरेर धर्म, मन्दिर र चर्च बनाउन र विदेशीले धर्म प्रचार गराउन नपाइने उनको भनाइ छ । धर्म प्रचार गर्न दुई कोरियन नागरिक हिँडिरहेको उल्लेख गर्दै कारबाही गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस
अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई

रास्वपा र राप्रपाले आजपनि गरे संसद बहिष्कार

    सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई