ऊर्जा मन्त्रालयको नेतृत्व गर्दा उद्योग व्यवसायीलाई किन शुल्क नतिराएको : पदम गिरी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद पदम गिरीले डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौताको विषयमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले अनावश्यक प्रचार गरेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै ऊर्जा मन्त्रालयको नेतृत्व निरन्तर आफूले गर्दा समेत विवादको समाधान गर्न नसकेको भन्दै आपत्ति जनाए ।उनले भने, ‘कुनै उद्योगी व्यवसायीसँग हाम्रो कुनै व्यक्तिगत लेनदेन होइन । तर राज्यले निर्णय लिँदा विधिभित्र टेकेर लिनुपर्छ कि पर्दैन । कानूनको जगमा उभिएर गर्नुपर्छ कि पर्दैन भन्ने हो । सामान्य मान्छेले विद्युतको महसुल तिरेन भने अर्को महिनामा जरिवाना तिर्नुपर्छ । तर, आज विद्युत प्राधिकरणले वर्षौँसम्म डेडिकेटेड र ट्रंकलाइनको नाममा उहाँहरूले विद्युत उपभोग गरेको हो भनेदेखि उहाँहरूसँग किन समयमा शुल्क नतिराएको छ । उनले माओवादीले यो विषयलाई लिएर प्रधानमन्त्रीको विरुद्ध भ्रम छरेको दाबी गरे । लाल आयोगको प्रतिवेदनले भनेअनुसार आफूहरू महसुल तिर्न तयार रहेको उद्योग व्यवसायीले भनिरहेको बताए । उनले कुनै लेनदेनको कुरा नमिलेपछि अहिले यो स्थिति सिर्जना भएको बताए । प्रधानमन्त्री ओलीले शुल्क नतिर्ने उद्योग व्यवसायीको लाइन जोड्न निर्देशन दिएपछि माओवादी केन्द्रले यो विषयमा चर्को रूपमा आवाज उठाइरहेको छ । माओवादीले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै शुल्क नउठाएर नीतिगत भ्रष्टाचार गरेकोसम्म आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...