बागमतीमा मन्त्रालय भागबन्डाको सहमति



हाम्रो इकोनोमि

 

 

वागमती प्रदेशमा कांग्रेस-एमालेले गठबन्धले मन्त्रालयको भागबन्डामा सहमति जुटाएसँगै नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले आज मुख्यमन्त्रीको लागि प्रदेश प्रमुख समक्ष दावी प्रस्तुत गर्ने भएका छ्न् । १३ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाउने गरि सहमति भएको छ । यहाँ नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित भौतिक पुर्वाधार तथा विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, युवा खेलकुद मन्त्रालय, सामजिक विकास मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय , संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय लिने भएको छ । एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको छ ।

मन्त्री छान्न दुवै दल आन्तरिक बैठकमा व्यस्त

मन्त्रालयको भागवण्डा मिलेसँगै कांग्रेस–एमालेको संसदीय दलको कार्यालयमा मन्त्री छ्नोटको विषयमा दुबै दलले तयारी तीब्र पारेका छ्न् । मन्त्रीमण्डलमा जाने सदस्यको मापदण्डबारे दुबै दलले छलफल गरिरहेका छ्न् । एमालेले यो पटक नयाँ अनुहारलाई मौका दिने जनाएको छ । एमाले स्रोतको अनुसार एकाआध बाहेक प्रायःगरि नयाँ अनुहारलाई मौकादिने गरि तयारी भएको छ । यस अघि दुई पटक मन्त्रीमण्डलमा सहभागी भएकालाई भन्दा नयाँलाई अवसर दिनेगरी तयारी भएको ती प्रदेशसभा सदस्यको भनाई छ । कांग्रेसलेपनि यो पटक नयाँलाई अवसर दिने तयारी गरेको छ । यसअघि सरकारमा गएर काम गरेको भन्दा नयाँलाई अवसर दिनेगरी छलफल भएको कांग्रेृसका एकजना प्रदेशसभा सदस्यको भनाई रहेको छ ।

मुख्यमन्त्रीको नियुक्ति आजै

मुख्यमन्त्रीको लागि लामाले दावी पेश गरेपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजै साँझसम्म लामालाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । लामाले आज नियुक्ति लिएपछि भोलि सानो आकारको भएपनि मन्त्रीमण्डल निर्माण र सपथग्रहण हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सस्तो लोकप्रियतावादबाट देश बदलिदैँन : महासचिव पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद...

वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...