बागमतीमा मन्त्रालय भागबन्डाको सहमति



 

 

वागमती प्रदेशमा कांग्रेस-एमालेले गठबन्धले मन्त्रालयको भागबन्डामा सहमति जुटाएसँगै नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले आज मुख्यमन्त्रीको लागि प्रदेश प्रमुख समक्ष दावी प्रस्तुत गर्ने भएका छ्न् । १३ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाउने गरि सहमति भएको छ । यहाँ नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित भौतिक पुर्वाधार तथा विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, युवा खेलकुद मन्त्रालय, सामजिक विकास मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय , संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय लिने भएको छ । एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको छ ।

मन्त्री छान्न दुवै दल आन्तरिक बैठकमा व्यस्त

मन्त्रालयको भागवण्डा मिलेसँगै कांग्रेस–एमालेको संसदीय दलको कार्यालयमा मन्त्री छ्नोटको विषयमा दुबै दलले तयारी तीब्र पारेका छ्न् । मन्त्रीमण्डलमा जाने सदस्यको मापदण्डबारे दुबै दलले छलफल गरिरहेका छ्न् । एमालेले यो पटक नयाँ अनुहारलाई मौका दिने जनाएको छ । एमाले स्रोतको अनुसार एकाआध बाहेक प्रायःगरि नयाँ अनुहारलाई मौकादिने गरि तयारी भएको छ । यस अघि दुई पटक मन्त्रीमण्डलमा सहभागी भएकालाई भन्दा नयाँलाई अवसर दिनेगरी तयारी भएको ती प्रदेशसभा सदस्यको भनाई छ । कांग्रेसलेपनि यो पटक नयाँलाई अवसर दिने तयारी गरेको छ । यसअघि सरकारमा गएर काम गरेको भन्दा नयाँलाई अवसर दिनेगरी छलफल भएको कांग्रेृसका एकजना प्रदेशसभा सदस्यको भनाई रहेको छ ।

मुख्यमन्त्रीको नियुक्ति आजै

मुख्यमन्त्रीको लागि लामाले दावी पेश गरेपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजै साँझसम्म लामालाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । लामाले आज नियुक्ति लिएपछि भोलि सानो आकारको भएपनि मन्त्रीमण्डल निर्माण र सपथग्रहण हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
किट कलेजका ९५ नेपाली विद्यार्थी घर फर्किए

    भारतको ओडिसास्थिट किट कलेजबाट निकालिएका ९५ विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर

भावी पुस्ताले बिर्सन नमिल्ने दिन फागुन ७ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गतेले शासनको स्वरूपमात्र नभई सबै

अध्यादेशको विपक्षमा मतदान गर्छौँ : नेकपा एस

    नेकपा एकीकृत समावजवादीले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको

नेकपा एसको अनेरास्ववियू फुट्यो, समानान्तर कमिटी घोषणा

    नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन (अनेरास्ववियू) को असन्तुष्ट पक्षले यही