प्रधानमन्त्रीको सवालजवाफमा माओवादीको आपत्ति



हाम्रो इकोनोमि

 

 

संसद बैठकमा आज प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रमको सुरुवातमै विवाद भएको छ । प्रधानमन्त्री ओलीले विषयान्तर गरेको भन्दै माओवादीले आपत्ति जनाएपछि सवालजवाफ भयो । सबैभन्दा पहिले कांग्रेसका धनराज गुरुङले प्रश्न सोधेका थिए, जुन आर्थिक त्रिभूज परियोजनासँग सम्बन्धित थियो । प्रधानमन्त्रीले सीधै त्यो प्रश्नमा प्रवेश गरेनन् । बरु यसअघि शून्य समयमा माओवादीका सांसद लेखनाथले उठाएको विषयमाथि टिप्पणी गर्न थाले । दाहालले ट्रंक लाइनसम्बन्धी विवादमा सरकारले २२ अर्ब रूपैयाँ उद्योगीलाई छुट दिन खोजेको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनले हिजो रोष्टममा बोल्दै प्रधानन्त्रीले विचौलियाको भाषामा सफेद झुट बोलेको आरोपसमेत लगाए ।सवालजवाफका लागि आएका प्रधानमन्त्री ओलीले सुरूमा पुष्पलाललाई सम्झिए । त्यसपछि उनले आफ्नो गुनासो राख्न थाले । ‘हामी यस गरिमामय सदनमा हामीले बोल्दा भएका कुरा बोल्ने गरौं, सही कुरा र तथ्ययुक्त कुरा बोल्ने गरौं । पार्टी फरक होला, तर त्यसो भनेर जथाभावी बोल्ने नगरौं झुटको सहारा नलिऊँ । असभ्य तरिकामा प्रस्तुत नहोऊँ,’ ओलीले भने । उनले थपे, ‘मैले हिजो बोल्दा विद्युत महसुल तिर्न पर्ने र नपर्ने भनिएका उद्योगी र प्राधिकरणबीचको विवाद संवादबाट टुंग्याउनुपर्छ भनेको हो । मैले शुल्क तिर्नुपर्दैन भनेर भनेको छैन । ‘बेठिकखालका सेटिङ र विभिन्न खालका तन्त्रको पछाडि मलाई कुद्नु छैन । देश र जनताको हितको पक्षमा ६० वर्ष समर्पण गरेको छु । बाँकी जीवन पनि समर्पण गर्छु । कसरी मैले तिर्नु पर्दैन भने ? यहाँ उपस्थित हुनुहुन्नथ्यो भने रेकर्ड सुनेर आउनुस् । हामी गरिमामय संसदमा छौं । जनताले छानेका प्रतिनिधिले झूटो नबोलौं । कहिले सुन होइन पित्तल चढायो भनेको छ । कहिले अनेक खालका फोटोहरु छपाएको छ । हामीले सत्य कुराहरु गर्न सिक्नुपर्छ । भ्रष्टाचारका विरुद्ध बोलौं, भ्रष्टाचार छोप्नका लागि अरुमाथि भ्रष्टाचारको आरोप नलगाउँ । म प्रधानमन्त्री बनेको कसैलाई चित्त नबुझ्या हुन सक्छ । कसैलाई मर्का पर्‍या हुन सक्छ । यो दलीय व्यवस्था हो । प्रश्नहरू राजनीतिक हिसाबले नै अगाडि बढाऊँ । प्रधानमन्त्रीले यस विषयमा लामै प्रवचन दिन थालेपछि माओवादीका वर्षामान पुनले उठेर नियमापत्ति गरे । उनलाई सभामुखले बोल्न समय दिए । पुनले सवालजवाफको समयमा प्रधानमन्त्रीले कुन सन्दर्भमा बोलिरहनुभएको हो भनेर सभामुखलाई रुलिङ गर्न माग गरे । त्यसपछि प्रधानमन्त्रीले भने, ‘म प्रश्नोत्तर नै गरिरहेको छु । म बिल्कुल विषय केन्द्रित छु । लिखित प्रश्नभन्दा पहिले अलिखित नै बाटोमा आइपुग्यो । यस्तो नगरौं भन्ने हो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...