एमालेका चेतनारायण लुम्बिनीको मुख्यमन्त्री बन्ने



हाम्रो इकोनोमि

 

 

 लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य बन्ने भएका छन् । यसअघि आर्थिक मामिलामन्त्री रहेका आचार्यलाई पार्टीले निर्णय गरेर मुख्यमन्त्री बनाउन लागेको हो ।  उपनेता आचार्यले पार्टीले आफूलाई सरकारको नेतृत्वको जिम्मेवारी दिएको र सोहीअनुसार प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न जाने तयारीमा रहेको  बताए । आचार्य महासचिव शंकर पोखरेलनिकट मानिन्छन् । संसदीय दलका नेता लीला गिरीलाई ब्याक गरेर आचार्यलाई अघि सारिएको हो । एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न लागिएको बताए । ‘अहिले हामी मुख्यमन्त्रीमा चेतनारायण आचार्यको नेतृत्वमा सरकार बनाउने गरी दाबी पेश गर्दैछौं’, उनले भने । अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ को १ बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य छन् । यसअघि संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...