बागमतीका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने भएका छन् । आइतबार संसदीय दलको बैठकमा सांसदहरूले राजीनामा दिन सुझाव दिएको माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए । ‘संसदीय दलले राजीनामा दिन सुझाव दिएको छ । दलको सुझावलाई मुख्यमन्त्रीज्यूले कार्यान्वयन गर्नु हुनेछ, ढकालले भने । यसअघि जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएका थिए । ५ साउनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मत लिने कार्यसूची बनाएको थियो । २५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट सरकारको नेतृत्व माओवादी केन्द्रका जम्कट्टेलले गरेका थिए । उक्त सरकार साढे २ महिनामात्रै टिक्यो र एमाले सरकारबाट बाहिरियो । १० चैत २०७९ मा मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धन सरकारका लागि विश्वासको मत लिएर सरकार टिकाए । २० फागुन २०८० मा फेरि एमालेसँग माओवादीको केन्द्रीय सत्ता समीकरण बनेसँगै बागमतीमा एमाले चैत पहिलो साता सरकारमा गएको थियो । फागुनमा एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको सरकार गठन भएको थियो । बागमतीमा अब एमाले र कांग्रेसको गठबन्धन सरकार बन्नेछ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...