उपसभामुखमाथि छानबिन गर्न रामहरि खतिवडाको माग



 

 

नेपाली कांग्रेसले उपसभामुखको इन्दिरा राना मगरको राजीनामा मागेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रामहरि खतिवडाले राजीनामा मागेका हुन् । उनले उपसभामुखले ५ जनालाई अमेरिकाको भिसा दिनको लागि सिफारिस गर्न पत्र लेखेपछि राजीनामा दिनुपर्ने बताए । उनले भने, ‘चिन्दै नचिनेको मान्छेलाई सिफारिस कसरी गरियो। छानबिन हुनुपर्छ केही समय पहिला एक जना मन्त्रीले अमेरिका लैजान सिफारिस गरेको आधारमा राजीनामा दिनुपरेको थियो । उनले पैसा लिएर सदनको मर्यादालाई समेत ख्याल नगरी मानव तस्करी गरेको आरोप लगाए । उनले रास्वपा सभापति रवि लामिछानेलाई संकेत गर्दै भने, ‘संसदमा सूचना बेच्ने यही छन् भनेको एक जनाले भनेको सुनेको थिएँ । सूचना बेच्ने त देखिनँ मान्छे बेच्ने चाहिँ यतै छन् कि क्या हो अनुसन्धान हुनुपर्छ । संसद चुप लागेर बस्नु हुँदैन । उपसभामुखलाई अनुरोध गर्छु, इज्जतका लागि भएपछि संसदको बाटोबाट टाप कस्नुभएका हुन्छ ।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको