कांग्रेसले बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामालाई अघि सार्ने



 

 

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि बहादुरसिंह लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ । आइतबार बिहान हेटौंडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘बिहान बसेको संसदीय दलको बैठकले बहादुरसिंह लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सर्वसहमतिमा निर्णय गरेको हो , प्रदेश सांसद रमेश महतले भने । बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । लामा बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता समेत हुन् । मुख्यमन्त्रीमा प्रदेश सभापति एवं सांसद इन्द्र बानियाँले पनि इच्छा देखाएका थिए । संविधानको धारा १६८ (२) अनुुसार दलको नेता बाहेकको व्यक्तिले पनि मुख्यमन्त्री दाबी गर्न पाउने व्यवस्था अनुसार बानियाँले आकांक्षा राखेका थिए । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् । उनले पक्षमा बहुमत नपुग्ने निश्चित छ । जम्मकट्टेलले नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि कांग्रेसका लामाले एमाले समेतको समर्थनमा आज नै मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी गरेका छन् । ‘विश्वासको मत मुख्यमन्त्रीले नपाएपछि दुई दलको बैठक बस्छौं,’ महतले भने, ‘प्रदेश प्रमुखले सरकार निर्माणका लागि आज आह्वान गर्नुभयो भने आज नै मुख्यमन्त्री दाबी गर्ने तयारीमा छौं ।

प्रतिक्रिया दिनुहोस
अब लोडसेडिङ हुँदैन, इन्भटर र मैनबत्तीको काम छैन : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने

डडेलधुराबाट प्रचण्डले देउवालाई गरे फोन

       नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति

विश्व पौडेलविरुद्धको रिट दरपिठ

    सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । डा.

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    लामो रस्साकस्सीपछि सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ