न्यूरोडको फुटपाथ विस्तार अलपत्र



 

 

काठमाडौं महानगरपालिकाले न्यूरोडबाट डोजर हटाएको छ । न्यूरोडमा फुटपाथ विस्तारका लागि प्रयोग गर्न ल्याइएको डोजर तीनदिनपछि जुद्धशालिकबाट महानगर फिर्ता भएको हो । फुटपाथ विस्तार गर्न गएको डोजर फिर्ता भएपछि फुटपाथ विस्तार अलपत्र परेको छ । न्यूरोड क्षेत्रमा सडकको बायाँ साइट खनेर राखिएको छ । गत बुधबारदेखि फुटपाथ विस्तारको काम सुरु भएको न्यूरोडमा स्थानीयको विरोध पछि काम अवरुद्ध भएको छ । तीनदिनदेखि काम अघि बढ्न नसकेपछि सडक खन्न लगिएको डोजर आज बिहान ७ बजे स्थानीयको दबाबमा हटाइएको छ । शुक्रबारदेखि स्थानीयले फुटपाथको विरोध गर्दै अवरोध गरेको थियो । स्थानीयको अवरोधपछि काम अघि बढ्न सकेको थिएन । स्थानीयहरु शुक्रबार दिनभर आन्दोलनमा उत्रिएका थिएभने मेयर बालेन साहको समेत पुत्ला दहन गरेको थियो । साथै उनीहरु टेन्ट टाँगेर रातभर त्यही बसेका थिए । महानगरले स्थानीयसँग सहमति खोज्ने प्रयास गरेपनि सफल हुन सकेन । २२ नम्बरका वडाध्यक्ष चिनीकाजी मर्हजनपनि फुटपाथको विरोधमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस
भारतमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

      भारतको उत्तराखण्डको केदारनाथ नजिकै गौरीकुण्ड क्षेत्रमा आज बिहान हेलिकप्टर दुर्घटना

इरानद्वारा इजरायलमा हमला, कम्तीमा ८ जनाको मृत्यु

       इरानले इजरायलमाथि अहिलेसम्मकै भयंकर हमला गरेको छ । हमलामा परी

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का