न्यूरोडको फुटपाथ विस्तार अलपत्र



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकाले न्यूरोडबाट डोजर हटाएको छ । न्यूरोडमा फुटपाथ विस्तारका लागि प्रयोग गर्न ल्याइएको डोजर तीनदिनपछि जुद्धशालिकबाट महानगर फिर्ता भएको हो । फुटपाथ विस्तार गर्न गएको डोजर फिर्ता भएपछि फुटपाथ विस्तार अलपत्र परेको छ । न्यूरोड क्षेत्रमा सडकको बायाँ साइट खनेर राखिएको छ । गत बुधबारदेखि फुटपाथ विस्तारको काम सुरु भएको न्यूरोडमा स्थानीयको विरोध पछि काम अवरुद्ध भएको छ । तीनदिनदेखि काम अघि बढ्न नसकेपछि सडक खन्न लगिएको डोजर आज बिहान ७ बजे स्थानीयको दबाबमा हटाइएको छ । शुक्रबारदेखि स्थानीयले फुटपाथको विरोध गर्दै अवरोध गरेको थियो । स्थानीयको अवरोधपछि काम अघि बढ्न सकेको थिएन । स्थानीयहरु शुक्रबार दिनभर आन्दोलनमा उत्रिएका थिएभने मेयर बालेन साहको समेत पुत्ला दहन गरेको थियो । साथै उनीहरु टेन्ट टाँगेर रातभर त्यही बसेका थिए । महानगरले स्थानीयसँग सहमति खोज्ने प्रयास गरेपनि सफल हुन सकेन । २२ नम्बरका वडाध्यक्ष चिनीकाजी मर्हजनपनि फुटपाथको विरोधमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...