प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै



 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । आज नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने बताएको छ ।नाउपा संसदीय दलका नेता गङ्गा चौधरीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको जनाए । प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्विप लगाइसकेको समेत उनले जनाए । ‘हामीले मन्त्री पाउने नपाउने भन्ने विषय मात्रै होइन हाम्रा पनि माग र मुद्दा छन्, संसदीय दलका नेता चौधरीले भने, ‘हामीले विश्वासको मत दिने निर्णय गरिसकेका छौँ । ह्विप पनि लगाइसकेका छौँ ।’ नाउपाका केन्द्रमा चार सांसद छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको नाउपा भने अहिले सम्म सरकारमा सहभागी भएको छैन । अहिले कांग्रेस एमाले जसपा र लोसपा मात्रै सरकारमा छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा १३८ मत चाहिन्छ । साना दलहरूलाई पनि मिसाएर ओली दुई तिहाइ बहुमत पुराउने कसरतमा छन् । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओली नेपाली काङ्ग्रेससमेतको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस
पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा

गणतन्त्र ल्याउन ज्ञानेन्द्रको पनि भूमिका थियो : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन

आगलागीबाट मोरङमा २ बालबालिकाको मृत्यु, ८ घर जले

     मोरङको धनपालथान गाउँपालिका- ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

प्रहरी महानिरीक्षकमा दिपक थापा

    सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको