प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । आज नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने बताएको छ ।नाउपा संसदीय दलका नेता गङ्गा चौधरीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको जनाए । प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्विप लगाइसकेको समेत उनले जनाए । ‘हामीले मन्त्री पाउने नपाउने भन्ने विषय मात्रै होइन हाम्रा पनि माग र मुद्दा छन्, संसदीय दलका नेता चौधरीले भने, ‘हामीले विश्वासको मत दिने निर्णय गरिसकेका छौँ । ह्विप पनि लगाइसकेका छौँ ।’ नाउपाका केन्द्रमा चार सांसद छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको नाउपा भने अहिले सम्म सरकारमा सहभागी भएको छैन । अहिले कांग्रेस एमाले जसपा र लोसपा मात्रै सरकारमा छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा १३८ मत चाहिन्छ । साना दलहरूलाई पनि मिसाएर ओली दुई तिहाइ बहुमत पुराउने कसरतमा छन् । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री ओली नेपाली काङ्ग्रेससमेतको समर्थनमा ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...