खानेपानी बोर्डले ऐन संशोधनका लागि अघि सारेको प्रस्तावलाई संसदबाट पास गराउँछु : मन्त्री यादव



हाम्रो इकोनोमि

 

 

 खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डले आवश्यक ऐन संशोधनका लागि अघि सारेको प्रस्तावलाई अध्ययन गरेर संसदबाट पास गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आज काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डको भ्रमणका क्रममा उहाँले बोर्डले अघि सारेको प्रस्तावलाई मन्त्रालयका सचिव, कर्मचारी एवम् बोर्डका महानिर्देशक सहित छलफल र अध्ययन गरी संसदबाट पास गराउने बताउनुभयो । उहाँले भन्नुभयो, “बोर्डले आवश्यक ऐन संशोधनका लागि अघि सारेको प्रस्तावलाई हामी छुट्टै बसेर छलफल गर्छौँ र अध्ययन गरी संसदबाट पास गराउँछौँ । सोही क्रममा मन्त्री यादवले बोर्डमा काम गर्ने क्रममा आएका चुनौतीहरुको समाधानका लागि आफूले तत्काल पहल गर्ने आश्वासन व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकामा खानेपानी आपूर्तिका लागि संस्थाले गरिरहेको काम अत्यन्तै सराहनीय छ । कामका क्रममा आएका चुनौतीहरूको समाधानका लागि म पहल गर्छु ।
मन्त्री यादवले मन्त्रालय र बोर्डका कर्मचारीहरूलाई आपसी सहकार्यमा उच्च मनोबलका साथ काठमाडौँ उपत्यकामा १२ महिना पानी पु¥याउने उद्देश्यका साथ युद्ध स्तरमा काम गर्न निर्देशन दिनुभयो । भ्रमणका क्रममा मन्त्री यादवले खानेपानी व्यवस्थापन बोर्डको इतिहास, गतिविधि, सञ्चालित कार्यक्रम, तिनीहरुको कार्यान्वयनको अवस्था, र सो क्रममा आएका चुनौतीहरुको बारेमा जानकारी लिनुभएको थियो ।  उहाँले जनतामा उत्साह आउने गरी काम गर्नु पर्ने निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “जनतामा उत्साह छैन, नेतृत्व प्रति निराशा छ । हामीले आफ्नो काम मार्फत त्यसलाई उत्साहमा परिणत गर्नुपर्छ ।” सोही क्रममा मन्त्री यादवले गरिएका राम्रा कामहरूको प्रचारप्रसार गर्न पनि जरुरी रहेको बताउनुभयो । 
“पछिल्लो समय मिडियाले लेखेका कुरा सही भएका छन्, मिडियाले जे देख्छ, त्यो लेख्छ,” उहाँले भन्नुभयो, “हामीले गरेका राम्रा कामको प्रचारप्रसार गर्न जरुरी छ ।” उहाँले आफ्नो पहिलो प्राथमिकता भनेको गुणस्तरयुक्त पानी वितरण सहित जनताको समस्या समाधान गर्ने रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...