एमालेले सरकारलाई बुझायो सुझावपत्र



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेताहरुले सरकारलाई सुझावपत्र बुझाएका छन् । पार्टीका तर्फबाट महासचिव शंकर पोखरेल लगायतका नेताहरुले आफ्नै पार्टी नेतृत्वको सरकारलाई सुझावपत्र बुझाएका हुन् । पार्टीको सुझावपत्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुझेका छन् । आफू पार्टी अध्यक्ष भएपनि अहिले सरकारका तर्फबाट एमालेको सुझावपत्र बुझेको प्रधानमन्त्री ओलीले बताए । सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले एमालेले बुझाएको सुझावपत्र कार्यान्वयनमा जाने बताए । ‘एमालेले हामीलाई भन्न पनि पाउँछ । पोहोर साल यो दिएको थियो, यो चाहिँ तपाईँहरुले गर्नु भएन भन्न पाउँछ’, ओलीले भने । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को ८ अटोट आगामी १९ वर्षभित्र पुरा गर्नेगरी सरकार अगाडि बढेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...