एमालेले सरकारलाई बुझायो सुझावपत्र



 

 

नेकपा एमालेका नेताहरुले सरकारलाई सुझावपत्र बुझाएका छन् । पार्टीका तर्फबाट महासचिव शंकर पोखरेल लगायतका नेताहरुले आफ्नै पार्टी नेतृत्वको सरकारलाई सुझावपत्र बुझाएका हुन् । पार्टीको सुझावपत्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुझेका छन् । आफू पार्टी अध्यक्ष भएपनि अहिले सरकारका तर्फबाट एमालेको सुझावपत्र बुझेको प्रधानमन्त्री ओलीले बताए । सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले एमालेले बुझाएको सुझावपत्र कार्यान्वयनमा जाने बताए । ‘एमालेले हामीलाई भन्न पनि पाउँछ । पोहोर साल यो दिएको थियो, यो चाहिँ तपाईँहरुले गर्नु भएन भन्न पाउँछ’, ओलीले भने । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को ८ अटोट आगामी १९ वर्षभित्र पुरा गर्नेगरी सरकार अगाडि बढेको पनि बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  १० : ३१  बजे

प्रतिक्रिया दिनुहोस
नबिल बैंक ४२औँ वर्षमा प्रवेश

     नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ

३३ अंकले घट्यो नेप्से, ८ अर्बको कारोबार

    मौद्रिक नीति सेयर बजारअनुकूल आएपछि आइतबार बजारमा उत्साह देखियो । सो

एमाले कै सांसदले मागे मन्त्री गुप्ताको बर्खास्ती

    नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार

गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या

    सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या