उपेन्द्र यादवले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने बताएका छन् । सरकार बाहिरै बसेर आफूहरूले ओली नेतृत्वको सरकारलाई सघाउने बताए । तर, सरकारमा चाहिँ किन नजानुभएको उताबाट प्रस्ताव नै नआएको हो ? भन्ने  जिज्ञासामा उनले भने, ‘सरकारमा जाने र नजाने कुरा अलग हो । हामीले विश्वासको मत चाहिँ दिन्छौँ । तर, कुनै सट्टापट्टा गर्न खोजेका होइनौँ ।  कांग्रेस–एमालेले संविधान संशोधनको मुद्दा अघि सारेकाले आफूहरूले बाहिरै बसेर साथ दिन लागेको सुनाए । कांग्रेस एमालेको मिलनबारे उनले थपे, ‘संविधान संशोधनको एजेण्डा हाम्रो हो । उहाँहरूले अहिले समेट्नुभएको छ । त्यसैले अब हामी बाहिर बसेर काम हेर्छौँ । संविधान संशोधन गर्नुपर्छ भनेर हामीले घोषणा भएदेखि भन्दै आएका हौँ । कांग्रेस एमाले सरकारको काम गरेर सरकारमा जाने नजाने पछि निर्णय हुनसक्ने बताए । तर, प्रधानमन्त्री ओलीले कांग्रेस एमालेसहित अशोक राई नेतृत्वको जसपा र लोसपालाई समेटेर सरकारलाई पूर्णता दिइसकेका छन्। अब सरकारमा तीन जना राज्यमन्त्री मात्रै थप्न बाँकी छ । उपेन्द्र नेतृत्वको जसपा नेपाल, जनमतले पनि विश्वासको मत दिने निश्चित भएपछि ओली सरकारले दुई तिहाइ बहुमत पाउने निश्चित भइसकेको छ। त्यसो त ४ सांसद भएको नागरिक उन्मुक्तिले पनि विश्वासको मत दिने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...