उपेन्द्र यादवले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने बताएका छन् । सरकार बाहिरै बसेर आफूहरूले ओली नेतृत्वको सरकारलाई सघाउने बताए । तर, सरकारमा चाहिँ किन नजानुभएको उताबाट प्रस्ताव नै नआएको हो ? भन्ने  जिज्ञासामा उनले भने, ‘सरकारमा जाने र नजाने कुरा अलग हो । हामीले विश्वासको मत चाहिँ दिन्छौँ । तर, कुनै सट्टापट्टा गर्न खोजेका होइनौँ ।  कांग्रेस–एमालेले संविधान संशोधनको मुद्दा अघि सारेकाले आफूहरूले बाहिरै बसेर साथ दिन लागेको सुनाए । कांग्रेस एमालेको मिलनबारे उनले थपे, ‘संविधान संशोधनको एजेण्डा हाम्रो हो । उहाँहरूले अहिले समेट्नुभएको छ । त्यसैले अब हामी बाहिर बसेर काम हेर्छौँ । संविधान संशोधन गर्नुपर्छ भनेर हामीले घोषणा भएदेखि भन्दै आएका हौँ । कांग्रेस एमाले सरकारको काम गरेर सरकारमा जाने नजाने पछि निर्णय हुनसक्ने बताए । तर, प्रधानमन्त्री ओलीले कांग्रेस एमालेसहित अशोक राई नेतृत्वको जसपा र लोसपालाई समेटेर सरकारलाई पूर्णता दिइसकेका छन्। अब सरकारमा तीन जना राज्यमन्त्री मात्रै थप्न बाँकी छ । उपेन्द्र नेतृत्वको जसपा नेपाल, जनमतले पनि विश्वासको मत दिने निश्चित भएपछि ओली सरकारले दुई तिहाइ बहुमत पाउने निश्चित भइसकेको छ। त्यसो त ४ सांसद भएको नागरिक उन्मुक्तिले पनि विश्वासको मत दिने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...