५९ अंकले बढ्यो नेप्से, १५ अर्ब बढीको कारोबार



 

 

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २८ महिना यताकै उच्च बिन्दुमा पुगेको छ । लगातार बढीरहेको नेप्से परिसूचक बिहीबार ५९.६८ अंकले बढेर २४२४ को बिन्दुमा अडिएको हो । जुन करिब २८ महिना यताकै उच्च हो । यसअघि २०७८ चैत १६ गते मात्रै अन्तिम पटक २४६४ को बिन्दुमा परिसूचक पुगेको थियो । आज बजारमा ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयरको खरिदबिक्री हुँदा १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँको करोबार भएको छ । यसअघि २०७८ भदौ ८ गते १६ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको थियो । अघिल्लो दिन बुधबार मात्रै ५४ अंकले बढेको बजारमा १२ अर्ब ४३ लाख रुपैयाँको कारोबार भएको थियो । जुन करिब ३ वर्ष यताकै उच्च करोबार थियो । बिहीबार बजारमा ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लगेको छ । आज नेपाल इनभेस्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स लिमिटेड, अंखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था, थ्रिस्टार हाइड्रोपावर सकारात्मक सर्किटका साथ सर्वाधिक नाफामा रहेका छन् । कारोबारका आधारमा नेपाल फाइनान्स लिमिटेड ४२ करोड ४६ लाख रुपैयाँको करोबारका साथ शीर्ष स्थानमा रहको छ । साताको पहिलो दिनमै ५२.९७ अंकले बढेको बजारमा सढे सात अर्बको कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो दिन १७ अंकले करेक्सन भएको बजारमा ६ महिनायताकै बढी कारोबार भएको थियो । मंगलबार बजारमा ७० अंकले वृद्धि देखिएको थियो भने बुधबार ५४.०४ अंकले बढ्दा १२ अर्ब बढीको करोबार भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  १० : ५२  बजे

प्रतिक्रिया दिनुहोस
एमालेको सचिवालय बैठकमा विधान संशोधनबारे छलफल

    नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । विधान महाधिवेशनको तयारीका

बिहानबाटै पशुपतिनाथमा भक्तजनको भिड

    श्रावण महिनाको पहिलो दिन श्रावण सङ्क्रान्तिको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको

सेयर बजार कारोबार १४ अर्ब नाघ्यो

   बुधबार सेयर बजारको परिसूचक नेप्से १.२५ प्रतिशत (३४.६१ अंक) बढेको छ ।

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका