ललितपुर महानगरले संकलन गर्‍यो लक्ष्यभन्दा बढी राजस्व



 

 

ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । महानगरको राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापाका अनुसार आव २०८०/८१ मा महानगरको वार्षिक लक्ष्यभन्दा ६ प्रतिशत बढी राजस्व सङ्कलन भएको हो । सम्पन्न आर्थिक वर्षको वार्षिक लक्ष्यअनुसार रु दुई अर्ब ४० करोड राजस्व सङ्कलन हुन्छ भन्ने थियो, लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न महानगर सफल भएको छ, राजस्व प्रणालीमा भएको तथ्याङ्कअनुसार  दुई अर्ब ५५ करोड ४१ लाख ३४ हजार राजस्व सङ्कलन भइसकेको देखिएको छ, राजस्व सङ्कलनको तथ्याङ्क अद्यावधिक भइरहेको र अन्तिम तथ्याङ्क आइनसकेको छैन,थापाले भने । त्यस्तै, गत आवमा महानगरले ८१ दशमलव २२  प्रतिशत पुँजीगत खर्च गर्न सफल भएको आर्थिक प्रशासन महाशाखा प्रमुख विदुरकुमार धिमालले जानकारी दिए । गत आर्थिक वर्षको बजेटअनुसार पुँजीगत खर्चतर्फ रु चार अर्ब २१ लाख ४६ हजार विनियोजित थियो, सोअनुसार रु तीन अर्ब २५ करोड आठ लाख ८८ हजार खर्च भएको छ,” धिमालले भने । राजस्व सङ्कलन र पुँजीगत खर्चमा उल्लेख्य सफलता हासिल गरेको महानगर आव २०८०/८१ मा बेरुजु रकमलाई शून्य दशमलव ४६ प्रतिशतमा झार्न सफल भएको छ । समीक्षा अवधिमा महानगरले रु ५८ करोडभन्दा बढी पुरानो बेरुजु फछ्र्यौट गरेको धिमालले जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ०८ : २५  बजे

प्रतिक्रिया दिनुहोस
१० केजी मल दिएर उत्पादन वृद्धि कसरी हुन्छ : बास्काेटा

     सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले किसानलाई मलको व्यवस्था गर्न

कांग्रेस-एमाले मिलेपछि देशमा सुधार आउँदैछ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले

जसपा नेता यादवले भने: मधेश नेपालबाट अलग भएरै छोड्छ

    प्रहरीको खोजीमा रहेका जसपा नेता अशोक यादवले आफ्नो कर्तुतलाई राजनीतिक र

डाक्टरको आन्दोलनले बिरामी अलपत्र

    नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामीहरु