सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गर्ने सञ्चारमन्त्री गुरुङको पहिलो निर्णय



हाम्रो इकोनोमि

 

 

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गर्ने निर्णय सदर गरेका छन् । मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले हस्तान्तरण गरेको उक्त प्रस्तावमा सञ्चारमन्त्री गुरुङले पदबहाली गर्दै पहिलो निर्णयका रुपमा उक्त निर्णय सदर गरेका हुन् । पदबहाली लगत्तै पहिलो निर्णयबारे जानकारी दिँदै सञ्चारमन्त्री गुरुङले भने, ‘राष्ट्रपतिले सम्बोधन गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा आएको विषय हो । सञ्चार तथा सूचना तथा प्रविधिको प्रयोगका लागि कानूनी र संस्थागत विकास गर्न गर्ने योजना रहेको र त्यसका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने तथा सूचना प्रविधि सम्बद्ध निकायको पुर्नसंरचना गर्ने निर्णयको फाइल सदर गरेको छु । सञ्चार मन्त्रालयमा आएपछि अब कसरी काम गर्नुहुन्छ र के–के योजना छन् भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अहिले आफूले केही पनि नबोल्ने बताए । उनले भने आज केही पनि बोल्दैन । पद बहाली गरेको दिन ठूलो ठूलो गर्ने तर काम केही नगर्ने जस्तो म गर्दैन । नीतिगत र संस्थागत अध्ययन गरेर कुन काम यो मन्त्रालयका लागि आवश्यक हो कुन काम होइन, त्यो बुझेर मात्रै बोल्नेछु । पपुलर हुनका लागि बोल्ने होइन । समस्याको समाधान गर्न प्रतिवद्ध भएर लाग्ने गरी आएको छु ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...