एमालेले भागमा ८ मन्त्रालय, मन्त्रीहरूको नाम गोप्य



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नेकपा एमालेले ८ वटा मन्त्रालय पाएको छ । प्रधानमन्त्रीसहित सरकारमा एमालेका १० जना नेताको सहभागिता रहने भएको हो । प्रधानमन्त्रीसहित अर्थ, रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा मन्त्रालय एमालेको भागमा परेका छन् । एक नेताका अनुसार एमालेले भूमि व्यवस्था तथा सहकारी तथा गरिवी निवारण मन्त्रलाय पनि पाएको छ । यसबाहेक भौतिक पूर्वाधार, सञ्चार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एमालेको भागमा परेको ती नेताले जानकारी दिए । मन्त्रालय टुंगिए पनि एमालेबाट सरकारमा जाने मन्त्रीहरू सबैको नाम भने अझै तय भइसकेको छैन । बाहिर चर्चा आएका नामहरू अनुमानमात्र रहेको भन्दै उनले यसपटक अनुभवी र सिनियर नेताहरूसहित एकाध नयाँले अवसर पाउने बताए । प्रधानमन्त्री तथा पार्टी अध्यक्षले शीर्ष नेताहरूसँग मन्त्रीका नामबारे अन्तिम चरणमा परामर्श गर्ने बताइएको छ । एमालेले पाएका मन्त्रालयहरू चलाउन सक्ने अनुभवी, योग्य तर त्यस मन्त्रालयको विषयगत ज्ञान भएकै नेताहरूलाई पठाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...