एमालेले भागमा ८ मन्त्रालय, मन्त्रीहरूको नाम गोप्य



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नेकपा एमालेले ८ वटा मन्त्रालय पाएको छ । प्रधानमन्त्रीसहित सरकारमा एमालेका १० जना नेताको सहभागिता रहने भएको हो । प्रधानमन्त्रीसहित अर्थ, रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा मन्त्रालय एमालेको भागमा परेका छन् । एक नेताका अनुसार एमालेले भूमि व्यवस्था तथा सहकारी तथा गरिवी निवारण मन्त्रलाय पनि पाएको छ । यसबाहेक भौतिक पूर्वाधार, सञ्चार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एमालेको भागमा परेको ती नेताले जानकारी दिए । मन्त्रालय टुंगिए पनि एमालेबाट सरकारमा जाने मन्त्रीहरू सबैको नाम भने अझै तय भइसकेको छैन । बाहिर चर्चा आएका नामहरू अनुमानमात्र रहेको भन्दै उनले यसपटक अनुभवी र सिनियर नेताहरूसहित एकाध नयाँले अवसर पाउने बताए । प्रधानमन्त्री तथा पार्टी अध्यक्षले शीर्ष नेताहरूसँग मन्त्रीका नामबारे अन्तिम चरणमा परामर्श गर्ने बताइएको छ । एमालेले पाएका मन्त्रालयहरू चलाउन सक्ने अनुभवी, योग्य तर त्यस मन्त्रालयको विषयगत ज्ञान भएकै नेताहरूलाई पठाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...