नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त



 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । कांग्रेस एमालेको दाबी अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको रूपमा सिंहदरबारमा योसहित ओलीको चौथो इन्ट्री हो । चौथो पटक प्रधानमन्त्री बनेका ओलीको पद तथा गोपनीयताको शपथ सोमबार ११ बजे हुनेछ । कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम  प्रधानमन्त्रीको दाबी पेश गरेका थिए । कांग्रेस एमाले गठबन्धनलाई जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीको समेत साथ छ । कांग्रेस एमालेले ओलीको शपथ लगत्तै साना दलहरूलाई पनि साथ लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्।ओली पहिलो पटक २०७२ असोज २४ मा प्रधानमन्त्री बन्दा १० महिना टिकेका थिए । ०७४ मा एमाले-माओवादीबीचको वाम गठबन्धन बनाएर दुई तिहाइनजिक बहुमत ल्याएपछि २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री भएका थिए ।तत्कालीन नेकपाभित्रको विवाददेखि संसद् विघटनसम्मको अवस्थामा ओलीले तीन वर्ष शासन गरेका थिए । त्यही विवादको क्रममा प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेर ७८ वैशाख ३० देखि असार २९ सम्म प्रधानमन्त्री बने । सर्वोच्च अदालतले ओलीले गरेका प्रतिनिधिसभा पुनः स्थापना गर्दै कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि सत्ताविमुख भएका थिए । सत्ताबाट बहिर्गमन भएको ठीक तीन वर्षपछि ओली पुन: सत्तामा फर्किएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
ट्र्याक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

    कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९

राप्रपा महामन्त्री धवलशमशेर हाजिर जमानीमा रिहा

     राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । चैत

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा