कांग्रेस गृहसहित ९, एमाले अर्थसहित ८ मन्त्रालय, साना दललाई ४



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीको नेतृत्वमा बन्ने सरकारमा साना दल पनि सहभागी हुने भएपछि कांग्रेस र एमालेले पाउने मन्त्रालयको संख्या घट्ने भएको छ । नयाँ प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गर्दै हुनुहुन्छ भने सोमवार बिहान ११ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ । दुवै दलले प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरी सोहीअनुसार मन्त्रालयको भागबण्डा टुंगो लगाई आफ्नो तर्फबाट मन्त्रीको नाम टुंगो लगाउने योजना बनाएका छन ।

दुवै दल पूर्वसहमति अनुसार आजै मन्त्रालय र मन्त्री टुंग्याउने गरी आन्तरिक गृहकार्यमा जुटेका हुन । ओली नेतृत्वको सरकारमा साना दलहरूलाई पनि सहभागी हुनेछन । ओली सरकारमा जसपा, जसपा नेपाल, लोसपा र जनमतलाई सरकारमा सामेल गर्नेबारे दुवै दलमा छलफल भइरहेको छ । साना दल सहभागी हुने भएपछि कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय लिने सहमति भएको छ । सोहीअनुसार कांग्रेस एमालेबीच १७ मन्त्रालयको भागबण्डा गरी अन्य मन्त्रालय  साना दललाई राखेको छन । कांग्रेस एमाले दुई दलबीच मात्रै सहमति कांग्रेसले ११ र एमालेले  १० मन्त्रालय पाउने सहमति भएको थियो । दुई दलबीच एक–एक जना उपप्रधानमन्त्री राख्ने सहमति पनि भएको छ । कांग्रेसबाट प्रकाशमान सिंहले सरकारको नेतृत्व गर्दै उपप्रधानमन्त्री हुने र एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बन्ने गरी दुवै दलमा छलफल अघि बढेको छ ।

दुई दलका नेताहरुबीच कांग्रेसले गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय लिने सहमति भएको छ । अरु मन्त्रालय साना दलहरुलाई दिने गरी छलफल चलिरहेको हो । एमालेले अर्थ, शिक्षा, शहरी विकास, संचार, भूमि व्यवस्था, कृषि र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय लिने लगभग टुंगो लागेको छ । यस्तै कांग्रेसले गृह, परराष्ट्र, भौतिक, पर्यटन, स्वास्थ्य, सामान्य प्रशासन र वन मन्त्रालय लिने सहमति भएको छ । यसैगरी अशोक राई नेतृत्वको जसपालाई श्रम तथा रोजगार र अरु साना दललाई महिला वालबालिका, खानेपानी र युवा खेलकुद दिने तयारी दुई दलको छ । जसपाबाट प्रदिप यादवको मन्त्री बन्ने सम्भावना छ । कांग्रेसबाट उपप्रधानमन्त्रीसहित भौतिकमा प्रकाशमान सिंह,परराष्ट्रमा आरजु राणा, गृहमा रमेश लेखक, स्वस्थ्यमा तेजुलाल चौधरी, कानुनमा अजय चौरसिया, पर्यटनमा अर्जुननरसिंह केसीको मन्त्रालय टुंगो लागेको बताइएको छ । मन्त्रीमा रामनाथ अधिकारी हृदय थानीको निश्चित भएपनि मन्त्रालय टुंगिएको छैन । लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल मन्त्री बन्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...