५२ अंकले बढ्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार



 

 

 दोहोरो अंकले बढेको शेयर बजार तीव्र उतार चढावपछि ५२ अंकले बढेर बन्द भएको छ । साताको पहिलो दिन आज नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा रोकियो । आज प्रि-ओपन सेसनमै १ लाख ८० हजार ५१ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ करोड ८२ लाख ७३ हजार रूपैयाँको कारोबार भएको थियो । भने, शेयर बजार खुलेको २ मिनेटमै ८६ अंकले बढेर २२९० बिन्दुमा पुगेको थियो । आइतबार २ करोड २० लाख ४७ हजार ३२७ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार रूपैयाँको कारोबार भयो , आज रिदिपावर कम्पनी लिमिटेड र माण्डु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । दुवै कम्पनीको शेयरमा सकारात्मक सर्किट लगेको छ । २४ करोड २७ लाख ५८ हजार रूपैयाँको कारोबारका साथ जानकी फाइनान्स कम्पनी लिमिटेड शीर्ष स्थानमा रह्यो । आइतबार बजार पुँजीकरण ३५ खर्ब ८० अर्ब बढी पुगेको छ । आइतबार नेप्से परिसूचक दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको हो । गत वर्ष साउन ७ गतेमात्रै २२२७ बिन्दुमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा

गणतन्त्र ल्याउन ज्ञानेन्द्रको पनि भूमिका थियो : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन

आगलागीबाट मोरङमा २ बालबालिकाको मृत्यु, ८ घर जले

     मोरङको धनपालथान गाउँपालिका- ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

प्रहरी महानिरीक्षकमा दिपक थापा

    सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको