५२ अंकले बढ्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार



हाम्रो इकोनोमि

 

 

 दोहोरो अंकले बढेको शेयर बजार तीव्र उतार चढावपछि ५२ अंकले बढेर बन्द भएको छ । साताको पहिलो दिन आज नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा रोकियो । आज प्रि-ओपन सेसनमै १ लाख ८० हजार ५१ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ करोड ८२ लाख ७३ हजार रूपैयाँको कारोबार भएको थियो । भने, शेयर बजार खुलेको २ मिनेटमै ८६ अंकले बढेर २२९० बिन्दुमा पुगेको थियो । आइतबार २ करोड २० लाख ४७ हजार ३२७ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार रूपैयाँको कारोबार भयो , आज रिदिपावर कम्पनी लिमिटेड र माण्डु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । दुवै कम्पनीको शेयरमा सकारात्मक सर्किट लगेको छ । २४ करोड २७ लाख ५८ हजार रूपैयाँको कारोबारका साथ जानकी फाइनान्स कम्पनी लिमिटेड शीर्ष स्थानमा रह्यो । आइतबार बजार पुँजीकरण ३५ खर्ब ८० अर्ब बढी पुगेको छ । आइतबार नेप्से परिसूचक दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको हो । गत वर्ष साउन ७ गतेमात्रै २२२७ बिन्दुमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...