मुकुल ढकालको साधारण सदस्यता पनि खारेज



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेसँगै निवर्तमान महामन्त्री डा. मुकुल ढकालले तल्लो स्तरमा ओर्लेर पार्टी नेतृत्वविरुद्ध विषवमन गरिरहेका छन् । तीन दिनअघि पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति र हिजो एक टेलिभिजन अन्तरवार्तामा बोलेका कुराहरूले उनी रास्वपामा रहने सम्भावना समाप्त भएको स्रोतको भनाइ छ । महामन्त्री र प्रवक्ताबाट निष्कासित भएपछि ढकालले पत्रकार सम्मेलन गर्दै पार्टी सभापति रवि लामिछानेमाथि विभिन्न लाञ्छना लगाएका थिए । उनले रवि विरुद्ध सहकारी ठगीदेखि दोहोरो नागरिकता-पासपोर्ट प्रकरणमा समेत पार्टीले छानबिन गर्नुपर्ने माग राखे । तर, उनको सो अभिव्यक्तिलाई पार्टीभित्र र बाहिर पनि गम्भीर रूपमा नलिइएपछि ढकाल अझै एक कदम अगाडि बढेका छन् । यस पटक उनले ‘राष्ट्रियता’ लाई औजार बनाउन खोजेका छन् ।टिकाराम यात्रीलाई दिएको अन्तरवार्तामा उनले अपत्यारिलो दाबी गर्दै भने, ‘रवि लामिछानेले प्रधानमन्त्री बन्नका लागि मलाई भारतसँग कुरा गर्न पठाउनुभएको थियो । तर, मैले कुरा गर्न चाहिनँ ।

रविले आफूलाई प्रधानमन्त्री बनाइदिएमा भारतले जे भने पनि मान्छु भनेको दाबी समेत मुकुलको छ । यति मात्र नभएर उनले पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेमाथि झन् कडा आक्षेप लगाएका छन् । वाग्लेले नेपाललाई भारतको राज्य बनाउनुपर्ने कुरा गरेको उनको भनाइ छ । ढकालले केही हावादारी गफ पनि दिए । भारतसँग आफ्नो निकै घनिष्ठता भएको जसरी उनले भने, ‘भारतीय विदेशमन्त्रीलाई नेपाली क्रिकेट खेलाडीहरूसँग भेटाइदिने प्रबन्ध मैले नै मिलाएको हुँ । मेरै पहलमा नेपाली क्रिकेट टिम भारतमा अभ्यासका लागि गएको हो । भारतको कुन तहमा को-कोसँग तपाईँको सम्पर्क र सम्बन्ध छ भन्ने प्रश्नको भने उनले जवाफ दिएनन् । ‘यो अहिले खुलासा गर्न मिल्दैन’ भन्दै टारे । आफूले बोलेका कुराहरूको प्रुफ माग्दा हरेक पटक उनले भने, ‘म लाई डिटेक्टर (झूट पत्ता लगाउने मेसिन) फेस गर्न तयार छु । ढकालले आज फेसबुक स्टाटस लेख्दै उपसभापति वाग्लेमाथि अर्को आरोप लगाएका छन् । वाग्लेको सचिवालयले फोन गरेर आफूलाई कुट्ने धम्की दिएको उनको दाबी छ ।

निवर्तमान महामन्त्रीले यसरी संवेदनशील विषयहरूमा अन्टसन्ट बोल्दै जाँदा रास्वपा नेतृत्व अवाक् बनिरहेको छ । यसअघि केन्द्रीय समिति बैठकले उनीप्रति सदाशयता देखाउँदै साधारण सदस्यता कायम राख्ने निर्णय गरेको थियो । साथै, ढकाललाई कारबाही चित्त नबुझे पुनरावेदनका लागि ३५ दिन म्याद दिने निर्णय पनि गरेको छ । तर, पछिल्ला अभिव्यक्तिहरूले अब उनी रास्वपामा अटाउने कुनै सम्भावना नरहेको एक पदाधिकारीले बताए । उनले भने, ‘हामीले ३५ दिन म्याद दिएको हो । उहाँले गल्ती रियलाइजेसन गरेर आउनुहुन्छ कि भन्ने झिनो आशा थियो । तर, झनै उग्र र अनियन्त्रित हुनुभयो । अब ३५ दिन पर्खिन सक्ने अवस्था पनि रहेन । ढकालको अभिव्यक्तिलाई लिएर कानूनी प्रक्रियामा जाने भनेर पनि पार्टीभित्र अनौपचारिक छलफल भइरहेको बुझिएको छ । रास्वपाका नेताहरूले ढकाललाई कुनै न कुनै शक्तिले उकासिरहेको हुन सक्ने अनुमान पनि लगाउन थालेका छन् । अहिलेका अभिव्यक्तिहरू हेर्दा कि त उहाँ मानसिकरुपमा स्वस्थ अवस्थामा हुनुहुन्न, वा उहाँलाई कसैले रास्वपाविरुद्ध प्रयोग गरिरहेका छन् भन्ने अनुमान गर्न सकिन्छ,’ एक केन्द्रीय सदस्यले भने ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...