मुकुल ढकालको साधारण सदस्यता पनि खारेज



 

 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेसँगै निवर्तमान महामन्त्री डा. मुकुल ढकालले तल्लो स्तरमा ओर्लेर पार्टी नेतृत्वविरुद्ध विषवमन गरिरहेका छन् । तीन दिनअघि पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति र हिजो एक टेलिभिजन अन्तरवार्तामा बोलेका कुराहरूले उनी रास्वपामा रहने सम्भावना समाप्त भएको स्रोतको भनाइ छ । महामन्त्री र प्रवक्ताबाट निष्कासित भएपछि ढकालले पत्रकार सम्मेलन गर्दै पार्टी सभापति रवि लामिछानेमाथि विभिन्न लाञ्छना लगाएका थिए । उनले रवि विरुद्ध सहकारी ठगीदेखि दोहोरो नागरिकता-पासपोर्ट प्रकरणमा समेत पार्टीले छानबिन गर्नुपर्ने माग राखे । तर, उनको सो अभिव्यक्तिलाई पार्टीभित्र र बाहिर पनि गम्भीर रूपमा नलिइएपछि ढकाल अझै एक कदम अगाडि बढेका छन् । यस पटक उनले ‘राष्ट्रियता’ लाई औजार बनाउन खोजेका छन् ।टिकाराम यात्रीलाई दिएको अन्तरवार्तामा उनले अपत्यारिलो दाबी गर्दै भने, ‘रवि लामिछानेले प्रधानमन्त्री बन्नका लागि मलाई भारतसँग कुरा गर्न पठाउनुभएको थियो । तर, मैले कुरा गर्न चाहिनँ ।

रविले आफूलाई प्रधानमन्त्री बनाइदिएमा भारतले जे भने पनि मान्छु भनेको दाबी समेत मुकुलको छ । यति मात्र नभएर उनले पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेमाथि झन् कडा आक्षेप लगाएका छन् । वाग्लेले नेपाललाई भारतको राज्य बनाउनुपर्ने कुरा गरेको उनको भनाइ छ । ढकालले केही हावादारी गफ पनि दिए । भारतसँग आफ्नो निकै घनिष्ठता भएको जसरी उनले भने, ‘भारतीय विदेशमन्त्रीलाई नेपाली क्रिकेट खेलाडीहरूसँग भेटाइदिने प्रबन्ध मैले नै मिलाएको हुँ । मेरै पहलमा नेपाली क्रिकेट टिम भारतमा अभ्यासका लागि गएको हो । भारतको कुन तहमा को-कोसँग तपाईँको सम्पर्क र सम्बन्ध छ भन्ने प्रश्नको भने उनले जवाफ दिएनन् । ‘यो अहिले खुलासा गर्न मिल्दैन’ भन्दै टारे । आफूले बोलेका कुराहरूको प्रुफ माग्दा हरेक पटक उनले भने, ‘म लाई डिटेक्टर (झूट पत्ता लगाउने मेसिन) फेस गर्न तयार छु । ढकालले आज फेसबुक स्टाटस लेख्दै उपसभापति वाग्लेमाथि अर्को आरोप लगाएका छन् । वाग्लेको सचिवालयले फोन गरेर आफूलाई कुट्ने धम्की दिएको उनको दाबी छ ।

निवर्तमान महामन्त्रीले यसरी संवेदनशील विषयहरूमा अन्टसन्ट बोल्दै जाँदा रास्वपा नेतृत्व अवाक् बनिरहेको छ । यसअघि केन्द्रीय समिति बैठकले उनीप्रति सदाशयता देखाउँदै साधारण सदस्यता कायम राख्ने निर्णय गरेको थियो । साथै, ढकाललाई कारबाही चित्त नबुझे पुनरावेदनका लागि ३५ दिन म्याद दिने निर्णय पनि गरेको छ । तर, पछिल्ला अभिव्यक्तिहरूले अब उनी रास्वपामा अटाउने कुनै सम्भावना नरहेको एक पदाधिकारीले बताए । उनले भने, ‘हामीले ३५ दिन म्याद दिएको हो । उहाँले गल्ती रियलाइजेसन गरेर आउनुहुन्छ कि भन्ने झिनो आशा थियो । तर, झनै उग्र र अनियन्त्रित हुनुभयो । अब ३५ दिन पर्खिन सक्ने अवस्था पनि रहेन । ढकालको अभिव्यक्तिलाई लिएर कानूनी प्रक्रियामा जाने भनेर पनि पार्टीभित्र अनौपचारिक छलफल भइरहेको बुझिएको छ । रास्वपाका नेताहरूले ढकाललाई कुनै न कुनै शक्तिले उकासिरहेको हुन सक्ने अनुमान पनि लगाउन थालेका छन् । अहिलेका अभिव्यक्तिहरू हेर्दा कि त उहाँ मानसिकरुपमा स्वस्थ अवस्थामा हुनुहुन्न, वा उहाँलाई कसैले रास्वपाविरुद्ध प्रयोग गरिरहेका छन् भन्ने अनुमान गर्न सकिन्छ,’ एक केन्द्रीय सदस्यले भने ।

प्रतिक्रिया दिनुहोस
किस्तीमा राखेर शेरबहादुरजीलाई प्रधानमन्त्री हस्तान्तरण गर्छु : ओली

    प्रधानमन्त्री केपी ओलीले १४ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद

मोहनबहादुर बस्नेतको सांसद पद निलम्बन

   पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको

क्षमतावान व्यक्ति गभर्नरमा नियुक्त हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका

३ अर्ब २१ करोड बढी भ्रष्टाचार, मोहन बस्नेतसहित १६ जनाविरुद्ध मु्द्दा दायर

  पूर्वमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको