जनता समाजवादी पार्टीले माग्यो २ मन्त्रालय



हाम्रो इकोनोमि

 

 

जनता समाजवादी पार्टी (जसपा) ले केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा पुरानै मन्त्रालय मागेको छ । अध्यक्ष अशोक राईले यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जसपालाई दिइएकै मन्त्रालयहरु मागेको उनी निकट एक नेताले बताए । ‘हामीले पुरानै मन्त्रालयहरु मागेका छौं । छलफल चलिरहेको छ’, ती नेताले भने । प्रचण्ड नेतृत्वको सरकारमा राई नेतृत्वको जसपाले स्वाथ्य र वन तथा वातावरण मन्त्रालय पाएको थियो । तर गत १७ असारमा नेपाली कांग्रेस र एमालेबीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति भएपछि जसपाबाट मन्त्री बनेका नेताहरु प्रदीप यादव र नोवलकिशोर साह सुडीले मन्त्री पदबाट राजीनामा बुझाएका थिए । जसपाले पनि सरकारबाट समर्थन फिर्ता लिएको थियो । एमालेलाई साथ दिदै समर्थन फिर्ता लिएको जसपाले नयाँ मन्त्रिपरिषदमा पुरानै मन्त्रालयहरु दाबी गरेको हो । स्रोतका अनुसार, राईले मागेको मन्त्रालय संख्याप्रति ओली सकारात्मक नै छन् । अशोक राईलाई सँगै लिएर जान उहाँ (केपी ओली) तयार हुनुहुन्छ । तर मन्त्रालय कुन पाउने भन्ने छलफलबाट टुंगो लाग्छ’, एमालेका एक पदाधिकारी भन्छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...