निगमभित्र पाइलटको मनोमानी, क्यानले छानवीन गर्दै



 

 

नेपाल वायू सेवा निगमको कर्मचारी पदोन्नतीमा व्यक्तिगत मोलाहिजा र भेदभाव भएको संघीन आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसबारे सक्रियता देखाएको छ । आफ्नो मान्छेलाई पोस्न नियम र पद्धति मिचेर यसअघि पनि बढुवा गरिएको र हालसालै फेरी त्यही दोहोर्याउन लागेको भन्दै नियामक निकाय नागरिक उड्ययन प्राधिकरण (क्यान)ले समेत चासो देखाएको छ । बढुवामा मापदण्ड मिचिएको, विनियमावलीको वेवास्ता गरेको, केही पाइलटले हालीमुहाली गरेको र त्यसमा सम्बन्धित महाशाखा प्रमुखको साथ रहेको गुनासो नियामक निकाय समक्ष पुगेको थियो । त्यसमा कार्यकारी अध्यक्ष युवराज अधिकारीको वेवास्ता पाइएपछि क्यानले हालै व्यवस्थापनलाई कडा पत्र काटेको बुझिएको छ । क्याविन क्रुको बढुवामा बेथिति भएको, कनिष्ठ र बरिष्ठ एयर होस्टेजलाई मापदण्डभन्दा बाहिर गई निकटताको आधारमा बढुवा थालेकोले त्यसबारे के कसो भएको हो कागजपत्रसहित उपस्थित हुन पत्र काटिएको निगमका एक कर्मचारीले जानकारी दिए । कार्यकारी अध्यक्ष अधिकारीले नियम र मापदण्ड पालना गराउन कडाइ गर्नुपर्नेमा केही पाइलटकै कुरा सुन्दै आएको गुनासो समेत छ । यो विषयमा अख्तियारले समेत हात हालेकोले तर व्यवस्थापन भने कानुन अनुसारै सब काम भएको भन्दै मौखिक जवाफ दिइरहेको बुझिएको छ । यता, क्यानले हालसालै लिखित पत्र काटी अनुसन्धान सुरु गरेपछि भने वेथिति रोकिने र दोषीमाथि कारवाही हुने अपेक्षा कर्मचारीहरुले गरेका छन् ।

प्रकाशित मिति : ३० असार २०८१, शनिबार  १२ : २४  बजे

प्रतिक्रिया दिनुहोस
नबिल बैंक ४२औँ वर्षमा प्रवेश

     नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ

३३ अंकले घट्यो नेप्से, ८ अर्बको कारोबार

    मौद्रिक नीति सेयर बजारअनुकूल आएपछि आइतबार बजारमा उत्साह देखियो । सो

एमाले कै सांसदले मागे मन्त्री गुप्ताको बर्खास्ती

    नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार

गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या

    सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या