नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आजै आह्वान गर्ने



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि दलहरुलाई आजै आह्वान गर्ने तयारी शीतल निवासमा भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएर पदमुक्त भएको जानकारी संसद सचिवालयबाट आइसकेको र सरकार कामचलाउ भएको राष्ट्रपति कार्यालयकै विज्ञप्ति समेत जारी भइसकेको छ । कांग्रेस र एमालेले केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेर लिखित समर्थनसहितको पत्रमा हस्ताक्षर समेत गरिसकेका छन् । शीतल निवास स्रोतका अनुसार आजै राति ९ बजेभित्र राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्ने सम्भावना छ । सअघि राष्ट्रपतिले संविधानविदहरुलाई बोलाएर सरकार गठनको संवैधानिक प्रक्रियाका बारेमा परामर्श समेत गरेका थिए । छलफलमा सहभागीमध्ये दुईजना बाहेक सबैले धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनको आह्वान गर्न सुझाव दिएको बताइएको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले भने धारा ७६ को उपधारा ३ बमोजिम हुनुपर्ने बताएका थिए भने विपिन अधिकारीले कुनै धारा उल्लेख नगरी दलहरुलाई आह्वान गर्न सकिने सुझाव दिएका थिए । वरिष्ठ अधिवक्ताहरु ह्रिहर दाहाल, टिकाराम भट्टराई, पूर्णमान शाक्य, गोपालकृष्ण घिमिरे, शेरबहादुर केसी र सिताराम केसीले भने संविधानको व्यवस्था, सर्वोच्च अदालतको नजिर र यसअघिका प्रदेशका तथा संघीय सरकारका अभ्यास समेत उदृत गर्दै अब बन्ने सरकार उपधारा २ बमोजिमकै हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...