नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आजै आह्वान गर्ने



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि दलहरुलाई आजै आह्वान गर्ने तयारी शीतल निवासमा भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएर पदमुक्त भएको जानकारी संसद सचिवालयबाट आइसकेको र सरकार कामचलाउ भएको राष्ट्रपति कार्यालयकै विज्ञप्ति समेत जारी भइसकेको छ । कांग्रेस र एमालेले केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेर लिखित समर्थनसहितको पत्रमा हस्ताक्षर समेत गरिसकेका छन् । शीतल निवास स्रोतका अनुसार आजै राति ९ बजेभित्र राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्ने सम्भावना छ । सअघि राष्ट्रपतिले संविधानविदहरुलाई बोलाएर सरकार गठनको संवैधानिक प्रक्रियाका बारेमा परामर्श समेत गरेका थिए । छलफलमा सहभागीमध्ये दुईजना बाहेक सबैले धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनको आह्वान गर्न सुझाव दिएको बताइएको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले भने धारा ७६ को उपधारा ३ बमोजिम हुनुपर्ने बताएका थिए भने विपिन अधिकारीले कुनै धारा उल्लेख नगरी दलहरुलाई आह्वान गर्न सकिने सुझाव दिएका थिए । वरिष्ठ अधिवक्ताहरु ह्रिहर दाहाल, टिकाराम भट्टराई, पूर्णमान शाक्य, गोपालकृष्ण घिमिरे, शेरबहादुर केसी र सिताराम केसीले भने संविधानको व्यवस्था, सर्वोच्च अदालतको नजिर र यसअघिका प्रदेशका तथा संघीय सरकारका अभ्यास समेत उदृत गर्दै अब बन्ने सरकार उपधारा २ बमोजिमकै हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...

मध्यपूर्वका सबै ऊर्जा केन्द्रमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

    होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने अमेरिकाको...