खुमलटार लागे प्रचण्ड, बालुवाटारबाट छुट्टी



हाम्रो इकोनोमि

 

 

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेका छन् । संसद भवनमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी शीतल निवास गएका थिए । राष्ट्रपतिलाई भेटेर केही बेरअघि उनी निस्किएको स्रोतले बतायो । उनी त्यहाँबाट बालुवाटार नगइ सिधै खुमलटार लागेका छन् । उनी सरकारी गाडीमा झण्डा हल्लाएरै निस्किएका थिए । प्रचण्डले सरकारी निवास बालुवाटार आजै छोडेका हुन् । खुमलटारमा प्रचण्डको निजी निवास छ । केही दिन अगाडिबाटै बालुवाटारबाट सामान ओसार्न थालिएको थियो । प्रचण्ड आज संसद भवनबाट पेरिसडाँडा गएर जनताका नाममा सम्वोधन गर्ने कार्यक्रम थियो । उक्त कार्यक्रम भने रद्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...