खुमलटार लागे प्रचण्ड, बालुवाटारबाट छुट्टी



हाम्रो इकोनोमि

 

 

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेका छन् । संसद भवनमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी शीतल निवास गएका थिए । राष्ट्रपतिलाई भेटेर केही बेरअघि उनी निस्किएको स्रोतले बतायो । उनी त्यहाँबाट बालुवाटार नगइ सिधै खुमलटार लागेका छन् । उनी सरकारी गाडीमा झण्डा हल्लाएरै निस्किएका थिए । प्रचण्डले सरकारी निवास बालुवाटार आजै छोडेका हुन् । खुमलटारमा प्रचण्डको निजी निवास छ । केही दिन अगाडिबाटै बालुवाटारबाट सामान ओसार्न थालिएको थियो । प्रचण्ड आज संसद भवनबाट पेरिसडाँडा गएर जनताका नाममा सम्वोधन गर्ने कार्यक्रम थियो । उक्त कार्यक्रम भने रद्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...